२०८१ बैशाख १४

‘जनताको सुख-शान्ति’का लागि भन्दै पशुपतिमा पूजा गर्न पुगे गृहमन्त्री खाण

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण शनिबार बिहानै पशुपति मन्दिर पुगेका छन्।


Advertisement


त्यहाँ गएर उनले पशुपतिनाथको पूजाअर्चना पनि गरेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणका क्रममा रहेका बेला खाणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।

प्रहरीको सरुवा-बढुवालगायतमा हस्तक्षेप गरेको भन्दै खाणको आलोचना भइरहेको छ। शनिबार दिउँसो खाणले गृह प्रशासन क्षेत्रमा काम गर्ने पत्रकारसँग अनौपचारिक संवाद गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

पशुपति जाँदा उनले सर्वसाधारणसँगै लाइनमा बसेर पूजाआजा गरे।

उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेको स्थानीय प्रशासनले जनाएको छ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाणले समय बिताएका थिए।

दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए। रासस

Copy link
Powered by Social Snap