२०८३ बैशाख २६

Author: Senior Editor Nima

ढाका म्याराथनमा नेपालका तीन धावकले प्रतिस्पर्धा गर्ने

ढाका म्याराथनमा नेपालका तीन धावकले प्रतिस्पर्धा गर्ने

खेलकुद
बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ। Advertisement जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन्। पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए। त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए। नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। प्रशिक्षकमा मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले बुधबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच बिही...
प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरात राज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ समिट तत्काललाई स्थगित भएको छ। भारतीय पत्रिका द हिन्दुका अनुसार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै जनवरी १० देखि हुने भनिएको समिट गुजरात सरकारले  सारेको हो। गुजरात सरकारले  समिटको अर्को मिति तय गरेको छैन।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी भइरहेको थियो। Advertisement समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने/नजानेबारे निर्णय भएको छैन। अब प्रधानमन्त्रीको भ्रमण हुने/नहुनेबारे साँझसम्म जानकारी दिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।  भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो। भारतमा प...
दक्षिण अफ्रिका भारतविरुद्ध बलियो अवस्थामा

दक्षिण अफ्रिका भारतविरुद्ध बलियो अवस्थामा

खेलकुद
भारतविरूद्धको दोस्रो टेस्टमा घरेलु टोली दक्षिण अफ्रिका जित नजिक पुगेको छ। २ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवस्थामा छ। दक्षिण अफ्रिकालाई अब जितको लागि १ सय २२ रन आवश्यक छ। Advertisement दक्षिण अफ्रिका कप्तान डिन एल्गर ४६ रनमा अविजित रहँदा रास्सी भान डर डुसेस ११ रन बनाएर खेलिरहेका छन्। यसअघि ओपनर एडेन मारक्रमले ३१ रन बनाएर आउट भए भने किगन पिटरसनले २८ रन जोडे। भारतका लागि तीव्र गतिका बलर शार्दुल ठाकुर र रविचन्द्रन आश्विनले १-१ विकेट लिए। त्यसअघि तेस्रो दिन नै भारत दोस्रो इनिङमा २ सय ६६ रनमा अल आउट भयो। भारतका लागि अजिक्या रहाणेले सर्वाधिक ५८ रन बनाए। चेतेश्वर पुजाराले ५३ रन जोडेका थिए। तेस्रो विकेटका लागि रहाणे र पुजाराले १ सय ११ रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको सम्भावना ...
सन्दीपले लिए २ विकेट

सन्दीपले लिए २ विकेट

खेलकुद
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बुधबार अस्ट्रेलियाको बिग ब्यास लिगमा दुई विकेट लिएका छन्।   बुधबार एडिलेड स्ट्राइकर्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले दुई विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिए। ८ बल डट फ्याँकेका सन्दीपले १ चौका मात्र दिए। Advertisement सन्दीपले एडिलेडका हेनरी हन्टलाई १८ रन र माट रेनशलाई १९ रनमा आउट गरे। https://twitter.com/BBL/status/1478673562869243905?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1478673562869243905%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F खेलमा सन्दीप आबद्ध हरिकेन्स ७ विकेट पराजित भयो। पहिले ब्याटिङ गरेको हरिकेन्सले १ बल बाँकी छदा  १२६ रनमा आउट भए।  १२७ रनको लक्ष्य एडिलेडले १५.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। जारी ...
भारतमा छेकियो मोदीको बाटो, कार्यक्रममा नगई फर्किए बीचबाटै

भारतमा छेकियो मोदीको बाटो, कार्यक्रममा नगई फर्किए बीचबाटै

राजनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार एउटा कार्यक्रममा जाने बाटो नपाएपछि फर्किएका छन्। समाचार पत्र द हिन्दुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा गएका थिए। केही महिनापछि विधान सभा चुनाव हुन लागेको पन्जाबको राष्ट्रिय शहिद मेमोरियल जान लाग्दा उनलाई अवरोध भएको हो। Advertisement मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए। त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरे। तैपनि मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टाको सडक मार्गबाट जाने निर्णय गरे। गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी अघि बढ्न सकेन। मोदी भ्रमणको विरोध गरिरहेका किसानहरूले आन्दोलन गरेर सडक बन्द गरेका थिए। मोदीको सवारी १५-२० मिनेट त्यहा...
देउवालाई शेखर कोइरालाको प्रश्न- के मापदण्ड अपनाएर केन्द्रीय सदस्य नियुक्त गरिएको हो?

देउवालाई शेखर कोइरालाको प्रश्न- के मापदण्ड अपनाएर केन्द्रीय सदस्य नियुक्त गरिएको हो?

राजनीति
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले हालै नियुक्त गरेको केन्द्रीय सदस्यमा प्रश्न गरेका छन्।  बुधबार आफू निकट नेताहरूसँग छलफल गर्दै नेता कोइरालाले पाटी सभापतिले गरेको केन्द्रीय सदस्य नियुक्तको विषयमा कुन मापदण्ड अपनाएर छनोट गरिएको हो भनि प्रश्न गरेका हुन्। ‘नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ तर के ‘मापदण्ड’ अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ’, उनले भनेका छन्। Advertisement नेता कोइरालाले सभापतिको लाइक र डिसलाइकमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्ने बताए। ‘विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर पर्यत्न गर्ने कि नगर्ने?’, उनले...
बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन्। Advertisement बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  नेपालको चार दिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेललाई प्रधानमन्त्रीले बिमस्टेकजस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिमस्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताए। बिमस्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उनले व्यक्त गरे। बिमस्टेकले हालसम्मका प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको आक...
कांग्रेसले फेरि सार्‍यो १६ जिल्लाको अधिवेशन

कांग्रेसले फेरि सार्‍यो १६ जिल्लाको अधिवेशन

राजनीति
नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ। Advertisement यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ। राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ। कांग्रेसले प्रदेश नम्बर २ का ८ जिल्ला, बागमतीका मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ। हेर्नुस् विज्ञप्ति: ...
दक्षिण अफ्रिकाविरूद्ध भारतलाई अग्रता

दक्षिण अफ्रिकाविरूद्ध भारतलाई अग्रता

खेलकुद
भारतले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा अग्रता लिएको छ। दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २० ओभरमा ८५–२ को अवस्थामा छ। पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा ५८ रनको अग्रता लिएको हो। Advertisement भारतका चेतेश्वर पुजारा ३५ र अजिक्या रहाणे ११ रनमा अविजित छन्। यसअघि ओपनर मयंक अग्रवाल २३ र लोकेश राहुल ८ रन बनाएर आउट भएका थिए।  दक्षिण अफ्रिका मार्को ज्यानसन र डुआने ओलिवियरले १–१ विकेट लिएका थिए। दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय २९ रनमा अल आउट भयो। समग्रमा भारतले २७ रनको अग्रता लिएको थियो। दक्षिण अफ्रिका किगन पिटरसनले सर्वाधिक ६२ रन बनाए। टेम्बा बभुमाले ५१ रन बनाएर आउट भए।  अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। कप्तान डिएन एल्गरले २८ रन बनाउँदा मार्को ज्यानसन, केशव महाराज र विके...
निर्मला कुर्मीको जाहेरी अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा प्रहरीलाई पत्राचार

निर्मला कुर्मीको जाहेरी अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा प्रहरीलाई पत्राचार

राजनीति
गृह मन्त्रालयले नेपालगञ्जकी एकल महिला निर्मला कुर्मीको जाहेरीमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ। मंगलबार गृह मन्त्रालयले कुर्मीको जाहेरीमा औंल्याइएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्न आदेशसहित प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो। Advertisement नेपालगञ्ज उपमहानगरपालिका-१७ की एकल महिला कुर्मीले जानकी गाउँपालिका-२ नेवाजी गाउँका नन्कुनी धोबीको हत्या सम्बन्धमा जाहेरी दिएकी थिइन्। तर, जाहेरीमाथि कारबाही नभएपछि उनी माइतीघर मण्डलामा अनसन बस्दै आएकी छिन्। मंगलबार गृह मन्त्रालयमा दुबै पक्षबीच वार्ता भएपछि मन्त्रालयले अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो। सहमतिलगत्तै मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको हो। नन्कुनीको हत्या सम्बन्धमा गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वको छानबिन समितिले...