२०८१ बैशाख १४

देउवालाई शेखर कोइरालाको प्रश्न- के मापदण्ड अपनाएर केन्द्रीय सदस्य नियुक्त गरिएको हो?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले हालै नियुक्त गरेको केन्द्रीय सदस्यमा प्रश्न गरेका छन्। 

बुधबार आफू निकट नेताहरूसँग छलफल गर्दै नेता कोइरालाले पाटी सभापतिले गरेको केन्द्रीय सदस्य नियुक्तको विषयमा कुन मापदण्ड अपनाएर छनोट गरिएको हो भनि प्रश्न गरेका हुन्। ‘नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ तर के ‘मापदण्ड’ अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ’, उनले भनेका छन्।


Advertisement


नेता कोइरालाले सभापतिको लाइक र डिसलाइकमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्ने बताए। ‘विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर पर्यत्न गर्ने कि नगर्ने?’, उनले प्रश्न गरे, ‘मलाई थाहा छ हामी पार्टीको निर्णय गर्नमा प्रभावकारी तर पार्टीका विरूद्ध हुने सबै कार्यहरू न्याय संगत र विधान संगत विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहान्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने?’

उनको सम्बोधनका मूख्य अंश
नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा विश्राम लागेको छैन। पार्टीको १४ महाधिवेशनले कही साथीहरूलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याएको छ भने केही साथीहरूलाई  पदीय जिम्मेवारीबाट बाहिर राखेको छ। 

१) संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकले मात्र आस्था र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरूको गतिविधिलाई हेरिरहेका छन्। त्यसकारण हामी अग्नी परीक्षामा छौं।

(२) हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ। अहिले पार्टी संगठन भित्र कटुता विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन। तर यति भनिरहँदा पार्टीमा काम गर्न निष्ठावान, इमान्दार, त्यागी  र सक्षम नेता कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामका विरूद्ध हामीले डटेर आवाज उठाउनुपर्छ। हामी लोकतन्त्र वादीहरू राजनीतिक खेल एउटा नियमसंगत रूपमा अगाडि बढोस् भन्ने हामी चाहन्छौं। सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ। पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरू हाम्रा लागि असहज हुन सक्छन्। हाम्रो निर्णय प्रकृयाले पार्टीमा उर्जाको सञ्चार  गर्न नसके कांग्रेस सिथल हुनसक्छ।

३- पार्टी सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ, नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ तर के ‘मापदण्ड’ अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ।

४- सभापतिको लाइक र डिसलाइकमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर पर्यत्न गर्ने कि नगर्ने? मलाई थाहा छ हामी पार्टीको निर्णय गर्नमा प्रभावकारी तर पार्टीका विरूद्ध हुने सबै कार्यहरू न्याय संगत र विधान संगत विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहान्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने?

मलाई लाग्छ हामी सक्छौं। साथीहरू हाम्रा अगाडिका बाटाहरू सहज छैनन्। तीन तहको निर्वाचन हामी सामूछ कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभर साथीहरूसँग जानेछौं। एकताको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौ। हामी थाक्ने छैनौ र विश्राम पनि लिने छैनौं। हामी कुनै पनि कार्यकर्ताको शीर झुक्न दिने छैनौं। निरास हुन दिनेछैंनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहनेछौं। तीन तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर देशको मुहार कांग्रेसले मात्र फेर्न सक्ने कुरामा हामी कटिवद्ध छौं।

Copy link
Powered by Social Snap