२०८३ बैशाख २६

Author: Senior Editor Nima

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा, रवीन्द्र मिश्रसँग ‘सम्बन्धविच्छेद’

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा, रवीन्द्र मिश्रसँग ‘सम्बन्धविच्छेद’

राजनीति
विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय सद्भाव समिति संयोजक सुरेश भट्टले पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समिति भंग भएको दाबी गरेका छन्। Advertisement अध्यक्ष रवीन्द्र मिश्रसँग असहमति राख्दै आएका भट्टले विज्ञप्ति जारी गरी समिति भंग भएको दाबी गरेका हुन्। उनले मिश्रको समूहसँग सम्बन्धविच्छेद गरेको घोषणा पनि गरेका छन्। शनिबार विज्ञप्ति जारी गरी भट्टले भनेका छन्, ‘वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट सङ्गठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरूसँगै अन्तर्राष्ट्रिय समितिसमेत भङ्ग भएको घोषणा गर्दछु।’ भट्टले असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरण भई बनेको विवेकशील साझा पार्टीमार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै मिश्रले राप्रपामा मिसिनको ...
सिसिएमसिसीको बैठकमा के-के भयो छलफल?

सिसिएमसिसीको बैठकमा के-के भयो छलफल?

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। Advertisement शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन र संक्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।  त्यस अवसरमा उनले यसको संक्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरूस्त बनाउन र संक्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए।  संक्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरूद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स...
एपिएफको चौथो बराबरी

एपिएफको चौथो बराबरी

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चौथो बराबरी खेलेको छ। Advertisement शुक्रबार दशरथ रंगशालामा भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबसँग बराबरी खेलेको हो। खेल गोलरहित बराबरीमा सकिएको हो। बराबरीसँगै अंक तालिकाको दशौं स्थानको एपिएफले ८ खेलबाट ७ अंक जोडेको छ। रेलिगेसनबाट बच्न संघर्षरत एपिएफले सिजनमा चार खेलमा बराबरी खेलिसकेको छ। एक खेलमा जित हात पारेको एपिएफ ३ खेलमा पराजित भएको छ। यता नवौं स्थानको जावलाखेलको ८ खेलबाट ८ अंक भएको छ। जवालाखेलले २ जित निकाल्दा २ बराबरी खेलेको छ। जावलाखेल ४ खेलमा पराजित भएको छ। ...
९-५ बजेसम्म खुल्ने सरकारी संस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेका छौं: गृह मन्त्री

९-५ बजेसम्म खुल्ने सरकारी संस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेका छौं: गृह मन्त्री

राजनीति
गृह मन्त्री बालकृष्ण खाणले मन्त्रालय अन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्। Advertisement गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औं विभागीय अधिवेशनमा बोल्दै गृह मन्त्री खाणले मन्त्रालय अन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरूका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताए। उनले सरकारी कार्यालयहरूमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताए। उनले हाल नागरिकता, इ-पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरूले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताए। गृह मन्त्री खाणले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि...
१० किलोमिटरको केटीएम रन हुने

१० किलोमिटरको केटीएम रन हुने

खेलकुद
केटीएम रन माघ १५ गते आयोजना हुने भएको छ। शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केटीएम रन टेन केको मिति सार्वजनीक गरेको हो। रन हरेक अंग्रेजी नयाँ वर्षको अन्तिम शनिबार आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको हो। Advertisement महिला र पुरुष गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सातौंदेखि दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ। सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहित आवश्यक सामाग्री उपलब्ध गराउने बताईएको छ। खेलाडी दर्ता पुस २९...
शक्ति गौचनले क्रिकेट संघ रूपन्देही अध्यक्षमा उम्मेदवारी दिने

शक्ति गौचनले क्रिकेट संघ रूपन्देही अध्यक्षमा उम्मेदवारी दिने

खेलकुद
नेपाली राष्ट्रिय टिमका पूर्व स्पिनर शक्ति गौचनले रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल रूपेन्देहीमा स्टार क्रिकेट एकेडेमी संचालन गरिरहेका गौचनले माघ ५ गते हुने जिल्ला क्रिकेट संघको अधिवेसनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। Advertisement गौचनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै सम्बन्धित व्यक्तिबाट सहयोगको आसा गरेका छन्।  ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेटको विकासका निमित्त, नयाँ सोच लिएर रूपन्देही जिल्लालाई देशकै उत्कृष्ट जिल्ला बनाउने उद्देश्यका यसपटक जिल्ला क्रिकेट संघको चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्न गइरहेको छु। सम्बन्धित व्यक्ति र पदाधिकारीबाट सहयोग र शुभेच्छाको आसा गरेको छु,’ उनले भने।  नेपाल क्रिकेट संघ (क्यान) ले चार वर्षे कार्यकाल सकिएका जिल्लाहरूमा निर्वा...
जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले भने: सहमतिलाई जोड दिऔं

जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले भने: सहमतिलाई जोड दिऔं

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उद्घाटन गरेका छन्। Advertisement केन्द्रीय कार्यालय थापाथलीबाट आज ६३ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सहमतिमा जोड दिएका हुन्। ‘हामीले हरेक समयमा सहमतिलाई जोड दिएका छौं,’ अध्यक्ष ओलीले भने, ‘सकेसम्म सहमति र एकतावद्ध भएर मन नखुम्च्याइँकन सहमतिमा पुग्न र अगाडि बढ्न म आग्रह गर्दछु।’ उनले सहमति नभए निर्वाचनमा जान पनि आग्रह गरेका छन्। सबै मिलेर अधिवेशन गर्दा नै चुनौतीहरू सामना गर्न सकिने उनको भनाइ थियो। एमालेले आज अधिवेशन हुन नसकेका १४ जिल्लामा पछि अधिवेशन गर्ने बताएको छ। गत मंसिरमा महाधिवेशन गरेको एमालेले जिल्ला अधिवेशन आज र प्रदेश अधिवेशन माघमा गर्ने तयारी गरेको छ। आज अधिवेशन हुन नसकेका ठाउँमा केही दिनमा अधिवेशन गरिने ओलीको भनाइ थियो।  अध्यक्ष ओलीले ए...
परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच टेलिफोन कुराकानी

परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच टेलिफोन कुराकानी

राजनीति
परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन कुराकानी भएको  छ। Advertisement बिहीबार उनीहरूबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। कुराकानी क्रममा उनीहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए।  उनीहरूबीच विकास, कोरोनाविरूद्ध समन्वय र दुई देशको सम्बन्धलाई अझ सुधार गर्ने लगायत विभिन्न मुद्दामा छलफल भएको मन्त्रालयले जनाएको छ। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा भारतको गुजरात राज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ समिटमा जाने कार्यक्रम थियो। तर भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि कार्यक्रम  तत्काललाई स्थगित गरिएको थियो। कार्यक्रम स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण पनि रोकिएको हो। https://twitter.com/MofaNepal/status/1479080487624732675?ref_src=twsrc%5Etfw%7Ctwcamp%...
प्रधानमन्त्री कप टी-२० फर्म्याटमा,आर्मी र पुलिस एउटै समूहमा

प्रधानमन्त्री कप टी-२० फर्म्याटमा,आर्मी र पुलिस एउटै समूहमा

खेलकुद
आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि प्रधानमन्त्री कपलाई टी-२० फर्म्याटमा खेलाइने भएको छ। Advertisement यसअघि एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रतियोगिता यसपटक भने टी-२० फर्म्याटमा हुने भएको हो। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार विश्वकप छनोटको तयारीका लागि प्रधानमन्त्री कपलाई टी-२० फर्म्याटमा झारिएको हो।  प्रतियोगितमा १० टिमबीच प्रतिस्पर्धा हुँदैछ।  समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ परेका छन्।  यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश २,  बागमति प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।  खेलहरू त्रिवि मैदान कीर्तिपुर र मूलपानी ...
सुरक्षा समितिका पदाधिकारीसँग गृह मन्त्रीको छलफल

सुरक्षा समितिका पदाधिकारीसँग गृह मन्त्रीको छलफल

राजनीति
गृह मन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन्। मन्त्री खाणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन्। Advertisement बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृह मन्त्रालयका सह-सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भएको समेत बताए। सहसचिव कोइरालाले भने, ‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल गरियो। यसका साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भयो। सुरक्षाको विस्तृतीकरण गर्ने विषयमा छलफल भएको छ। त्यो विषय हामी सार्वजनिक गर्दैनौं।’ सह-सचिव कोइरालाले बैठकमा सुरक्षाको विस्...