२०८३ कार्तिक २९

निर्मला कुर्मीको जाहेरी अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा प्रहरीलाई पत्राचार

गृह मन्त्रालयले नेपालगञ्जकी एकल महिला निर्मला कुर्मीको जाहेरीमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ।

मंगलबार गृह मन्त्रालयले कुर्मीको जाहेरीमा औंल्याइएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्न आदेशसहित प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।


Advertisement


नेपालगञ्ज उपमहानगरपालिका-१७ की एकल महिला कुर्मीले जानकी गाउँपालिका-२ नेवाजी गाउँका नन्कुनी धोबीको हत्या सम्बन्धमा जाहेरी दिएकी थिइन्।

तर, जाहेरीमाथि कारबाही नभएपछि उनी माइतीघर मण्डलामा अनसन बस्दै आएकी छिन्।

मंगलबार गृह मन्त्रालयमा दुबै पक्षबीच वार्ता भएपछि मन्त्रालयले अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको थियो। सहमतिलगत्तै मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको हो।

नन्कुनीको हत्या सम्बन्धमा गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वको छानबिन समितिले प्रतिवेदन यसअघि नै पेश गरिसकेको छ। ‘उक्त प्रतिवेदनले कुर्मीले दिएको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमुद्दा सम्बन्धमा जाहेरीमा औंल्याइएका विषयमा अनुसन्धान गर्न आदेशानुसार अनुरोध छ,’ गृहको पत्रमा भनिएको छ।  


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap