२०८३ बैशाख २६

Author: Senior Editor Nima

एन्फा कार्यसमिति बैठकमा धारणा राख्न माग गर्दै पूर्वअध्यक्ष गणेश थापाले लेखे पत्र

एन्फा कार्यसमिति बैठकमा धारणा राख्न माग गर्दै पूर्वअध्यक्ष गणेश थापाले लेखे पत्र

राजनीति
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले एन्फा कार्यसमितिको बैठकमा धारणा राख्न माग गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेखेका छन्। Advertisement उनले यसअघि आफूमाथि लागेको आरोपको विषयमा स्पष्ट पार्न भन्दै कार्यसमितिको बैठकमा धारणा राख्न माग गर्दै पत्र लेखेको बताएका छन्। एन्फाको कार्यसमितिको बैठक आगामी पुस २२ गते बस्दैछ। थापालाई फिफाले फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि १० वर्ष प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्धको अवधि बाँकी नै रहे पनि एन्फा कार्यसमितिको बैठक कुनै फुटबलको गतिविधि नभएको र आफ्नो व्यक्तिगत विषयमा धारणा राख्नका निमित्त अवसर मिलाइदिन थापाले आग्रह गरेका छन्। थापाले लेखेको पत्र : श्री कर्मा छिरिङ शेर्पा ज्यू,अध्यक्ष, अखिल नेपाल फुटबल संघ,सातदोबाटो, ललितपुर। विषय : व्यक्तिगत धारणा राख्ने सम्बन्धमा...
फेरिए सैनिक प्रवक्ता

फेरिए सैनिक प्रवक्ता

राजनीति
नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ। Advertisement उनले यही पुस अन्तिम सातादेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। उनी हाल बालाजुस्थित १ नं बाहिनीपतिका रूपमा कार्यरत छन्। प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ। हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरूवा भएको छ। ...
नेपालले बंगलादेशको कराते च्याम्पियनसिपमा जित्यो चार स्वर्ण

नेपालले बंगलादेशको कराते च्याम्पियनसिपमा जित्यो चार स्वर्ण

खेलकुद
बंगलादेशमा सम्पन्न बि–जी कराते च्यामिपयनसिप २०२१ मा नेपाल सितेरियो करातेले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ। Advertisement मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन्। लामाले कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरेकी हुन्। यस्तै पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम ब्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए। श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छिन्। उनले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण प्राप्त गरेकी छिन्। नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जोडेको छ। पासाङ्ग तामाङ्ग  ७० केजी  र राजदेव बमजन ६५ केजी रहेका छन्। दुवैले कुमितेतर्फ रजत प्राप्त ग...
दक्षिण अफ्रिका पहिलो पारीमा २०२ रनमै समेटियो भारत

दक्षिण अफ्रिका पहिलो पारीमा २०२ रनमै समेटियो भारत

खेलकुद
दक्षिण अफ्रिकाविरूद्ध दोस्रो टेष्टको पहिलो पारीमा भारत २०२ रनमै समेटिएको छ।  Advertisement जोहान्सवर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिनको खेल नसकिँदै ६३.१ ओभरमा अलआउट भयो। उसका लागि कप्तान केएल राहुलले सर्वाधिक अर्धशतकीय पारी खेले। उनले १३३ बलमा ९ चौकासहित ५० रन जोडे। नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा दोस्रो टेष्टमा राहुलले कप्तानी गरिरहेका हुन्। त्यस्तै, रविचन्द्रन आश्विनले ४४, मयङ्क अग्रवालले २६, हनुमा बिहारीले २० र ऋषभ पन्तले १७ रनको योगदान दिए। जसप्रित बुमराहले अविजित पारी खेले । उनले ११ बलमा एक छक्का र दुई चौकासहित अविजित १४ रन जोडे।  भारतका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतलाई सस्तैमा रोक्न अफ्रिकाका मार्को जेनसनले चार विकेट लिए। यस्तै कागिसो रबाडा र दाउने ओलिभियरले समान तीन-तीन विकेट हात प...
प्रचण्डलाई दियो अमेरिकाले बधाई

प्रचण्डलाई दियो अमेरिकाले बधाई

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ। माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुन: अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो।  Advertisement काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो। ‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन: चयन हुनु भएकोमा प्रचण्डलाई बधाई! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ। https://twitter.com/USEmbassyNepal/status/1478217572994613248?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1478217572994613248%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F य...
प्रधानमन्त्री देउवा र उनका मन्त्रीहरूको सम्पत्ति विवरण खोइ?

प्रधानमन्त्री देउवा र उनका मन्त्रीहरूको सम्पत्ति विवरण खोइ?

राजनीति
सरकार गठन भएको छ महिना बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषदका अन्य सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। उनीहरूले सम्बन्धित निकायमा आफ्नो सम्पत्ति विवरण पनि बुझाएका छैनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८, भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन) भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। प्रधानमन्त्री देउवासँगै चार जना मन्त्री गत असार २९ गते नियुक्त भएका थिए। त्यसपछि देउवाले साउन १० गते स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए। श्रेष्ठलाई पदबाट हटाएपछि देउवाले असोज ६ गते परराष्ट्रमन्त्री नियुक्त गरेका थिए।  Advertisement त्यसपछि देउवाले असोज २२ गते मन्त्रीहरू र तीन जना राज्यमन्त्री नियुक्त गरेका थिए। उनीहरू मन्त्री भए...
यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री राईको निर्देशन

यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री राईको निर्देशन

राजनीति
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। Advertisement मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउनेसम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए।  १ नम्बर प्रदेशअन्तर्गत यातायात सेवा प्रवाह गर्ने कार्यालय आठ वटा छन्।  प्रदेश सरकारको यातायात व्यवस्था निर्देशनालयअन्तर्गत आठ वटा कार्यालयमा करारसमेत गरी १७१ कर्मचारी कार्यरत छन्।  सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यविधि तथा निर्देशिका बनाउनुपर्नेमा ...
सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

खेलकुद
सातदोबाटो युथ क्लवलाई हराउँदै हिमालयन शेर्पा क्लव राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको छ। Advertisement सोमबार दशरथ रंगशालमा भएको खेलमा हिमालयन शेर्पा क्लवले सातदोवाटो युथ क्लवमाथि १-० गोलअन्तरको कठिन जित निकालेको हो। ‍शेर्पाका कप्तान विश्वास श्रेष्ठले पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।  खेलको ४४ औं मिनेटमा पिटर सेगुनले त्रिदेव गुरूङलाई डि बक्सभित्र फल गरेपछि शेर्पाले पेनाल्टी पाएको थियो। उक्त अवसरलाई कप्तान श्रेष्ठले खेर फालेनन्।  खेलको अन्तिम समयमा विदेशी खेलाडी मार्टिन नाङ्गाले पेनाल्टीमा गोल गर्न नसक्दा सातदोबाटोले बराबरीको मौका गुमायो। यो जितसँगै सात खेलबाट ११ अंक जोडेको शेर्पा लिगको पाँचौं स्थानमा उक्लिएको छ।  समान खेलबाट ८ अंक जोडेको सातदोबाटो आठौं स्थ...
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू, २० खेलाडीले गरे रिपोर्टिङ

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू, २० खेलाडीले गरे रिपोर्टिङ

खेलकुद
आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी-२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट प्रशिक्षण सुरू गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि प्रशिक्षण सुरू भएको हो। बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन्। २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरिसकेका छन्। ९ जना खेलाडीले बेलुकासम्म क्यानलाई रिपोर्टिङ गर्ने भएका छन्। Advertisement शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो मैदानमा उपस्थित भएर अभ्यास थालिसकेका छन्। सागर ढकाल, विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरि...
प्रधानमन्त्रीलाई भेटेर राप्रपा अध्यक्ष लिङ्देनले भने- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्‍यो

प्रधानमन्त्रीलाई भेटेर राप्रपा अध्यक्ष लिङ्देनले भने- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्‍यो

राजनीति
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। Advertisement आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन्। राप्रपा नेता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीका दिन पुस २७ मा बिदा दिन राप्रपा प्रतिनिधिमण्डलले माग गरेको हो। साथै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाको माग छ।  राप्रपाले प्रधानमन्त्री देउवालाई पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ। ...