२०८३ बैशाख १९

Author: Senior Editor Nima

संसदीय समितिमा यी हुन कांग्रेसका प्रस्तावित सभापति : आरजुलाई कृषि, रामहरिलाई राज्य व्यवस्था

संसदीय समितिमा यी हुन कांग्रेसका प्रस्तावित सभापति : आरजुलाई कृषि, रामहरिलाई राज्य व्यवस्था

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आफूले पाएका चार समितिका सभापतिको प्रस्तावित नाम तयार पारेको छ । सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई कृषि, सहकारी तथा प्राकृतिको स्रोत समिति, केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति, सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई संसदीय सुनुवाइ समिति र काठमाडौं–३ बाट निर्वाचित सांसद सन्तोष चालिसेलाई अर्थ समितिको सभापति बनाउने प्रस्ताव कांग्रेसमा छ । “अझै प्रस्तावित नाममा छलफल जारी रहेकाले टुंगो लागिसकेको छैन,” एक नेताले भने । ...
एकीकृत समाजवादीले भानुभक्तलाई समिति सभापति बनाउने

एकीकृत समाजवादीले भानुभक्तलाई समिति सभापति बनाउने

राजनीति
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले समिति सभापतिको उमेदवार टुंगो लगाएको छ । गठबन्धन भागबण्डामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको एकीकृत समाजवादीले समितिको उमेदवार टुंगो लगाएको हो । प्रमुख सचेतक मेटमणि चौधरीका अनुसार भानुभक्त जोशीलाई उमेदवार बनाइनेछ । जोशी गत मंसिर ४ को निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए । ...
एमालेले लेखा समितिमा पोखरेल र महिला तथा सामाजिक समितिमा साहलाई उमेदवार बनाउने

एमालेले लेखा समितिमा पोखरेल र महिला तथा सामाजिक समितिमा साहलाई उमेदवार बनाउने

राजनीति
काठमाडौं । संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज हुँदै छ । नेकपा (एमाले)ले लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरण साहलाई उमेदवार बनाउने भएको छ । एमाले सचेतक महेश बर्तौलाका अनुसार मोटामोटी रूपमा सोही नाम टुंगिएको बताए । पोखरेल मोरङ– २ र साह रौतहट–२ बाट निर्वाचित भएका हुन् । आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरिएको छ । ...
राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद्को गठन र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ । यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानानुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० सभासमक्ष पेस गर्नेलगायत सम्भावित कार्यसूची छ । ...
आरजुलाई कृषि समिति सभापति उम्मेदवार बनाउने कांग्रेसको तयारी, अरू को-को ?

आरजुलाई कृषि समिति सभापति उम्मेदवार बनाउने कांग्रेसको तयारी, अरू को-को ?

राजनीति, समाचार
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आरजु राणा देउवालाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ। संसदीय समितिको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोननयन दर्ताको समय निर्धारण गरिएको छ। कांग्रेसले पाउने ४ समिति सभापतिको उम्मेदवार आज बिहान टुंगो लगाएको एक सांसदले जानकारी दिए। उनका अनुसार राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा सहमहामन्त्रीसमेत रहेका  जीवन परियार, कृषिमा आरजु राणा ,अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने तयारी छ। यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एमालेले ३ र एकीकृत समाजवादी, जसपा र जनमत पार्टीलाई १/१ समिति पाउने सहमति भएको थियो। एमालेले पाउने तीन जनामध्ये दुईजना उम्मेदवारको टुंगो लागिसकेको...
विकास समिति सभापतिमा माओवादी केन्द्रले माधव सापकोटालाई उम्मेदवार बनाउने

विकास समिति सभापतिमा माओवादी केन्द्रले माधव सापकोटालाई उम्मेदवार बनाउने

राजनीति, समाचार
नेकपा (माओवादी) केन्द्रले प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ। प्रतिनिधि सभाका १० वटा विषयगत समितिको नेतृत्वका लागि आज मनोनय दर्ता हुँदै छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनय दर्ता गर्ने गरी निर्वाचन तालिका निकालिएको छ। पूर्वाधार विकास समितिमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटा र  कानुन, न्याय तथा मानवअधिकारी समितिमा नुवाकाेटकी विमला सुवेदीको नाम टुंगो लागेको एक नेताले जानकारी दिए। ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्। यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्...
महिला टिमलाई मलेसियामा उपाधि

महिला टिमलाई मलेसियामा उपाधि

खेलकुद, समाचार
काठमाडौँ — नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले क्वालालम्पुरमा शनिबार सम्पन्न फाइनलमा हङकङलाई १३ रनले पराजित गर्दै चार देश सम्मिलित ‘महिला ट्वान्टी–२० सिरिज’ को उपाधि जितेको छ । नेपालले दुईभन्दा बढी देश सहभागी प्रतियोगिताको उपाधि पहिलोपल्ट जितेको हो । आईसीसी महिला ट्वान्टी–२० विश्वकप २०२४ एसिया छनोट खेल्ने तयारीमा आयोजित सिरिज जितेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक सामसनजंग थापाले भने, ‘यो सुरुआतजस्तै हो । हामी अझै राम्रो गर्न सक्छौं । सबैभन्दा महत्त्वपूर्ण ग्लोबल क्वालिफायर (विश्वकप छनोट) मा छनोट हुनु हो । अहिले सबै टिम राम्रा छन्, आ–आफ्नो स्तर बढाइरहेका छन् । त्यसैले महिला क्रिकेटमा केही भन्न सकिँदैन तर यो सिरिज जितेपछि खेलाडीको मनोबल उच्च भएको छ । टिम सेट हुँदै गइरहेको छ । सबैको आत्मविश्वास बढेको छ ।’ क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर फिल्डिङ रोजेको नेपालले प्रभावश...
संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज

संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज

देश, राजनीति, समाचार
काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ । दल मूल–जिम्मेवारीप्रति पछि रहेको संकेत छ : पूर्वसभामुख नेम्वाङसविधानसभाका अध्यक्ष स...
एमालेको सचिवालय बैठक भदौ १३ गते बस्ने

एमालेको सचिवालय बैठक भदौ १३ गते बस्ने

राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ । सिरहाको विष्णुपुरकट्टीमा भदौ ९ गते बस्नेगरी तय भएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो । बैठक भदौ १३ गते बिहान ११ः३० बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । ...
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै, किन छन् नेपालीमाझ लोकप्रिय ? 

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै, किन छन् नेपालीमाझ लोकप्रिय ? 

समाचार
वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन् । उनी सेप्टेम्वरको पहिलो साता काठमाडौं पुग्ने कार्यतालिका रहेको जनाइएको छ ।  सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने बताएको छ ।  उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ । त्यसैगरी उनले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा समेत छलफल गर्नेछन् । खासगरी स्वास्थ्य, विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ । स...