


काठमाडौं । संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज हुँदै छ ।
नेकपा (एमाले)ले लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरण साहलाई उमेदवार बनाउने भएको छ ।
Advertisement


एमाले सचेतक महेश बर्तौलाका अनुसार मोटामोटी रूपमा सोही नाम टुंगिएको बताए ।
पोखरेल मोरङ– २ र साह रौतहट–२ बाट निर्वाचित भएका हुन् ।

आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरिएको छ ।






