२०८१ जेष्ठ ७

विकास समिति सभापतिमा माओवादी केन्द्रले माधव सापकोटालाई उम्मेदवार बनाउने




नेकपा (माओवादी) केन्द्रले प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ।


Advertisement


प्रतिनिधि सभाका १० वटा विषयगत समितिको नेतृत्वका लागि आज मनोनय दर्ता हुँदै छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनय दर्ता गर्ने गरी निर्वाचन तालिका निकालिएको छ।

पूर्वाधार विकास समितिमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटा र  कानुन, न्याय तथा मानवअधिकारी समितिमा नुवाकाेटकी विमला सुवेदीको नाम टुंगो लागेको एक नेताले जानकारी दिए।

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।



यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ। सत्ता साझेदारहरू र प्रमुख प्रतिपक्षीले त्यही अनुसार उम्मेदवारी दर्ताको तयारी गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समितिको भागबन्डामा परेका थिएनन्। रास्वपाले उम्मेदवार, समर्थक र प्रस्तावक जुटाउन सक्ने समितिमा उम्मेदवारी दिने गरी संसदीय दलको बैठकले निर्णय गरेको छ।

Copy link
Powered by Social Snap