२०८२ मंसिर २२

राष्ट्रियसभाको बैठक बस्दै




काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।


Advertisement


बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद्को गठन र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ ।



यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानानुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० सभासमक्ष पेस गर्नेलगायत सम्भावित कार्यसूची छ ।

Copy link
Powered by Social Snap