२०८३ बैशाख १९

Author: Senior Editor Nima

रास्वपाले पनि संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने

रास्वपाले पनि संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने

देश, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। शुक्रबार साँझ सिंहदरबारस्थित कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनका अनुसार समर्थक, प्रस्तावक र उम्मेदवार पुग्ने समितिमा उम्मेदवारी दिने तयारी पार्टीले गरेको हो। 'जसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षले भागबन्डा गरेका छन्, त्यसमा हाम्रो सैद्धान्तिक विमति हो,' परियारले भने, 'त्यसैले केही समितिका सभापतिमा हामी उम्मेदवारी दिन्छौं।' संसदीय समितिका सभापतिहरू छान्न आगामी भदौ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्। दलहरूबीच नेपाली कांग्रेसले चार, नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी ले १/१ समितिको सभापति पाउने गरी स...
१८ महिनापछि राजसंस्थाको एजेन्डामा फर्किए कमल थापा

१८ महिनापछि राजसंस्थाको एजेन्डामा फर्किए कमल थापा

राजनीति
राप्रपा नेपालले फेरि संवैधानिक राजतन्त्र एजेन्डालाई आत्मसात् गरेको छ। काठमाडौंमा शुक्रबार केन्द्रीय समिति बैठक राखेर अध्यक्ष कमल थापाले पार्टीको विचार अबदेखि संवैधानिक राजसंस्था हुने निर्णय गराए। यसबारे जानकारी दिन राप्रपा नेपालले घोषणा सभा नै गरेको थियो। सभामा बोल्दै थापाले संवैधानिक राजसंस्थासहित प्रजातन्त्र पार्टीको विचार हुने बताए। ‘राप्रपा नेपालको मुलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ। राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति हुनेछ,’ उनले भने। थापाले राजसंस्था आत्मसात् गरेको घोषणा गर्दा स्वागतमा नेता, कार्यकर्ताले ताली बजाए, हुटिङ गरे। २०६३ मा राजासहित प्रजातन्त्रको मूल विचारलाई बोकेर राप्रपा नेपाल स्थापना भएको थियो। तर २०७८ मा राप्रपा महाधिवेशनमा थापा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग हारेका थिए। त्यसपछि तत्कालीन राजा ज्ञा...
सरकार ढाल्न केही व्यक्तिहरू धूप हालेर हिँडे : प्रधानमन्त्री

सरकार ढाल्न केही व्यक्तिहरू धूप हालेर हिँडे : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार ढाल्न केही व्यक्तिहरू धूप हालेर हिँडेको बताएका छन् ।  शुक्रबार पर्साको वीरगञ्जमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न प्रकरणको फाइल खोल्नेदेखि विभिन्न क्षेत्रमा सरकारले राम्रा काम गरेकाले केहीले सरकार ढाल्ने प्रयास गरेको बताए ।  उनले अब आफूलाई मुलुकका लागि राम्रोबाहेक अरू केही नभएको बताए । जीवनको उत्तरार्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झनलायक काम गर्ने विचार रहेको भन्दै प्रचण्डले देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर मात्रै रहेको बताए ।  प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने पनि बताए । ...
पार्टीका तीन सदस्य भएका सबै संसदीय समितिमा रास्वपाले उमेदवारी दिने

पार्टीका तीन सदस्य भएका सबै संसदीय समितिमा रास्वपाले उमेदवारी दिने

राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उमेदवारी दिने भएको छ ।  समिति सभापतिमा उमेदवारी दिन उमेदवारसहित प्रस्तावक र समर्थक गरी तीनजना अनिवार्य चाहिने भएकाले रास्वपाले आफ्नो क्षमताले भ्याउने सबै समितिमा सभापतिका लागि उमेदवारी दिने निर्णय गरेको हो । शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भदौ ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उमेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने जानकारी दिए ।  बैठकमा पार्टी सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्त्वको विषय भदौ १७ गतेपछि बस्ने संसद्को बैठकमा छलफल गर्ने निर्णय गरेको बताए ।  ...
संसद्‌मा गहन अध्ययन र बहसबिनै विधेयक पारित हुन्छन् : अध्यक्ष राउत

संसद्‌मा गहन अध्ययन र बहसबिनै विधेयक पारित हुन्छन् : अध्यक्ष राउत

राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके साउत)ले संसद्‌मा गहन अध्ययन र बहस बिनै विधेयकहरू पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू संसद् छिरेको छोटो समयमै संसद्प्रति वितृष्णा जागेको बताए ।  “सबैले संसद् ऐन, कानुन निर्माण गर्ने थलो हो भन्ने सोचेपनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरू पारित भएको छ,” उनले भने ।  उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरू गहन र विषयवस्तुमा आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए ।  उनले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरूले नदिने गरेको दाबी गरे ।  ...
एमालेको ध्यान सत्तातिर छैन : ओली

एमालेको ध्यान सत्तातिर छैन : ओली

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने बताए । एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको उनले बताए । ओलीले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोसी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाए । “कोसी प्रदेश सरकार त बनेकै थियो । यो त सत्तारुढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापको कारणले यो अस्थिरता आएको न हो,” उनले भने, “नत्र भने नबनेको सरकार बनाए भन्ने । ...
धरानमा सामाजिक सद्भाव जोगाउन प्रमुख राजनीतिक दलहरूको अपिल

धरानमा सामाजिक सद्भाव जोगाउन प्रमुख राजनीतिक दलहरूको अपिल

देश, समाचार
विराटनगर । प्रमुख राजनीतिक दलहरूले धरान उपमहानगरपालिकामा सामाजिक सद्भाव कायम गराउन सार्वजनिक अपिल गरेका छन् । फरक धार्मिक विचारधाराबीचको द्वन्द्वले दुर्घटना निम्तन सक्ने भन्दै प्रमुख राजनीतिक दलले सद्भाव कायम गराउन अपिल गरेका हुन् । नेकपा (एमाले) धरानका अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोखरेल, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष रोवतिरमण राई, जनता समाजवादी (जसपा) नेपालकाका अध्यक्ष ताजुव लिम्बू, रास्वपा संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नगारिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेसपा प्रदेश इन्चार्ज दिनेश राई, राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव विष्णु थाम्देनलगायतले संयुक्त अपिल जारी गरेका हुन् । नेपाल बहुभाषिक, बहुसांस्कति, बहुजातीय, बहुधार्मिक बहुलयुक्त मुलुक भएकाले एक आपसको भ्रातृत्व, सहिष्णुता, सदभाव एक अर्काप्रति सम्मान भाव...
विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्न परराष्ट्रमन्त्रीको निर्देशन 

विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्न परराष्ट्रमन्त्रीको निर्देशन 

राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघको आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठनका लागि निर्देशन दिएका छन् । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा संघका अध्यक्ष डा. केसीले आगामी अक्टोबरमा हुने विश्व सम्मेलन आयोजनाका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरकारी तथा नीजि संघसंस्थासहितको उच्चस्तरीय आयोजक समिति गठनका लागि अनुरोध गरेका थिए ।  लगत्तै परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रीस्तरीय उच्चस्तरीय आयोजक समिति बनाउन आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका हुन् ।   गैरआवासीय नेपाली संघको सम्मेलनमा सरकारको तर्फबाट परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति हुने परम्परा रहँदै आएको छ ।  ...
एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ ।  शनिबार सिरहाको विष्णुपुरकट्टीमा बस्ने गरी तय भएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । अविरल वर्षाका कारण बैठक स्थगित गरिएको उनले बताए ।  “बैठक स्थगित भएको छ,” उनले भने, “मौसम सफा भएपछि बैठकको मिति तय हुन्छ ।” एमालेले चौथो महाधिवेशन भएको स्थानमा सचिवालय बैठक आयोजना गरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सिरहामा पछिल्लो केही घण्टा यता अविरल वर्षा भइरहेको छ ।  ...
ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयो : घनश्याम भुसाल

ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयो : घनश्याम भुसाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे ।  उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै उनले अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरू आएको उल्लेख गरे ।  उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए । उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भापना टुटेको उल्लेख गरे । उनले भने, "राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय सुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भत्र्सनाको गालीको यो एउटा परम्पर...