२०८२ मंसिर २६

संसदीय समितिमा यी हुन कांग्रेसका प्रस्तावित सभापति : आरजुलाई कृषि, रामहरिलाई राज्य व्यवस्था




काठमाडौं । नेपाली कांग्रेसले आफूले पाएका चार समितिका सभापतिको प्रस्तावित नाम तयार पारेको छ ।


Advertisement


सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई कृषि, सहकारी तथा प्राकृतिको स्रोत समिति, केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति, सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई संसदीय सुनुवाइ समिति र काठमाडौं–३ बाट निर्वाचित सांसद सन्तोष चालिसेलाई अर्थ समितिको सभापति बनाउने प्रस्ताव कांग्रेसमा छ ।



“अझै प्रस्तावित नाममा छलफल जारी रहेकाले टुंगो लागिसकेको छैन,” एक नेताले भने ।

Copy link
Powered by Social Snap