म कृषकको छोरी हो, अब सहकारी व्यवस्थापन गर्ने चुनौती छ : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको बताएकी छन् ।
आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उमेदवारी दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समितिले सरकारको विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउनुपर्ने बताइन् ।
उनले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन् ।
"समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई उनीहरूको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ कि छैन, साथै जनताको सहजता भएको छ कि छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै ...









