२०८३ बैशाख २६

Author: Senior Editor Nima

आर्मीसँग थ्रीस्टार पराजित

आर्मीसँग थ्रीस्टार पराजित

खेलकुद
पोखरा — पाँचपल्टको उपाधि विजेता थ्रीस्टार क्लब २० औं आहा–रारा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको छ । पोखरा रंगशालामा मंगलबार आर्मीले थ्रीस्टारलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै सेमिफाइनलमा मनाङसँगको खेल पक्का गरेको हो । Advertisement आर्मीको जितमा वैकल्पिक फरवार्ड राजीव गुरुङले आकर्षक प्रदर्शन गरे । मिडफिल्डर टंक बस्नेतको स्थाना मैदान प्रवेश गरेको छैठौं मिनेटमै राजीव गोल गर्न सफल भएका थिए । निकै प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका राजीवले खेलको ७० औं मिनेटमा गोल गरे । आर्मीका जर्जप्रिन्स कार्कीका फ्लिक बल क्लियर गर्ने क्रममा थ्रीस्टारका डिफेन्डर जीवन गुरुङ चिप्लिन पुगे । उक्त बल राजीवले कलेक्ट गर्दै गोलरक्षक प्रिसो अघि बढ्दै गर...
‘भिजिट भिसा’ दुरुपयोग नगर्न गृहमन्त्री खाँणको आग्रह

‘भिजिट भिसा’ दुरुपयोग नगर्न गृहमन्त्री खाँणको आग्रह

देश, समाचार
काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै उनले भिजिट भिसा दुरुपयोग गरेर पनि नेपालीले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गरे । Advertisement त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए । उनले वैदेशिक रोजगारीमा गएकाहरु ठगीमा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्धारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताए । गृहमन्त्री खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रमम...
सिटामोल वितरणको विशेष प्रबन्ध मिलाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

सिटामोल वितरणको विशेष प्रबन्ध मिलाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

देश, समाचार, स्वास्थ्य
काठमाडौँ — सर्वोच्च अदालतले सिटामोललगायतका औषधिको सहज वितरणको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । Advertisement न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुलुकभरका अस्पताल तथा औषधि पसलमा पर्याप्त मात्रामा सिटामोल/प्यारासिटामोलको व्यवस्था मिलाउन र त्यसबारेको प्रतिवेदन ल्याएर छलफलमा आउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश शर्माको इजलासले सविया तामाङ, टिकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै जारी गरेको अन्तरिम आदेश जारी गरेको हो । 'हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल/प्यारासिटामोल देशभरीका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन ...
नेपालमै मल कारखाना खोल्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

नेपालमै मल कारखाना खोल्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।  Advertisement मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् । उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए । उनल...
नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने

खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकलाई रंगशाला प्रवेश दिने भएको छ । Advertisement एन्फाले मंगलबार दशरथ रंगशालामा एक तिहाइ दर्शकलाई प्रवेश दिने भएको हो ।  एन्फाले सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य प्रोटोकलको पालना गर्दै दर्शकलाई अनुमति दिने जनाएको छ । नेपालले दशरथ रंगशालामा मरिससविरूद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो खेल माघ १५ र दोस्रो खेल १८ गते खेल्नेछ ।  त्यसको लागि एन्फाले भीआईपीतर्फ एक हजार र सामान्यतर्फ ५०० रुपैयाँ टिकट शुल्क तोकेको छ । दुवै मैत्रीपूर्ण खेल ४:४५ बजे हुने एन्फाले जनाएको छ । मरिससको टोली सोमबार नै नेपाल आइसकेको छ । ...
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ : आयोग

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ : आयोग

राजनीति
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । Advertisement आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दुई चरणमा चुनाव गराउन सकिने प्रस्ताव गरिएको जानकारी दिएको छ । वैशाख १४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सम्भव नभए दुई चरणमा गर्न सकिने प्रस्ताव आयोगको छ । आयोगले प्रधानमन्त्रीलाई पटक–पटक भेटेर स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरिएको पनि उल्लेख गरेको छ । “कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोस्रो चरण २०७९ वैशाख २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको व्यहोरा विदितै छ,” विज्ञप्तिमा भनिएको छ । साथै, आयोगले वैशाख मसान्तभि...
संकटालाई पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा

संकटालाई पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा

खेलकुद
मछिन्द्र फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई ४-१ गोलले मछिन्द्र अन्तिम चारमा पुगेको हो।  Advertisement मछिन्द्रका लागि मेसौके ओलोमोउले दुई गोल गरे। उनले खेलको ४७ र ८६ मिनेटमा गरी दुई गोल गरेका थिए।  त्यसअघि खेलको १३ मिनेटमा उत्सव राईको गोलबाट मछिन्द्रले अग्रता लिउको थियो। यस्तै ८४ मिनेटमा अभिषेक गुरुङले मछिन्द्रका लागि तेस्रो गोल गरेका थिए।  संकटाका गणेश हिमालले ६३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।  अब मछिन्द्रले अन्तिम चारमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।  अर्को सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबले थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ। मनाङले आइतबार नेपाल पुलिस क्ल...
१६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

१६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

देश, समाचार, स्वास्थ्य
काठमाडौं । कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । Advertisement कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ  । भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ । सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ । ...
प्रदेश १ को नाम राख्न छलफल नै सुरु भएन, आफ्नो प्रस्ताव नआए एमालेले मतदान नगर्ने

प्रदेश १ को नाम राख्न छलफल नै सुरु भएन, आफ्नो प्रस्ताव नआए एमालेले मतदान नगर्ने

राजनीति
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभाको यही अधिवेशनबाट प्रदेशले नाम पाउने दाबी गरेका छन् । नामको विषयलाई औपचारिक रूपमा प्रदेश सभा बैठकमा पवेश गराउने सरकारको तयारी रहेको उनले सुनाएका छन् । तर, प्रदेश सरकारको बागडोर सम्हालेको तीन महिना बित्न लाग्दासमेत अनौपचारिक रूपमासमेत नामबारे सरकारले अहिलेसम्म कुनै छलफल चलाएको छैन । प्रदेश सभाको बैठक मुख्यमन्त्री राईले विश्वासको मत लिएयता स्थगित छ । Advertisement सरकारले गठबन्धनभित्रका पाँच दलभित्र पनि नामको विषयमा छलफल अघि बढेको छैन । प्रमुख विपक्षी एमाले र विपक्षी दल राप्रपासँग नामको विषयमा अहिलेसम्म कुनै छलफल गरिएको छैन । यो तीन महिनाको अवधिमा ‘सरकार यही छ कि अन्त कतै हरायो’ भन्दै एमालेले टिप्पणी गर्न सुरु गरिसकेको छ । नामलाई दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने भएकाले एम...
मोरिससका प्रशिक्षक भन्छन्– नेपाल बलियो टिम हो

मोरिससका प्रशिक्षक भन्छन्– नेपाल बलियो टिम हो

खेलकुद
काठमाडौं । मोरिसस फुटबल टिमका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताएका छन् । नेपालविरुद्धको दुई मैत्रीपूर्ण अन्तराष्ट्रिय खेलका लागि मोरिसस टिम सोमबार नेपाल आइपुगेको छ । अफ्रिकी मुलुक मोरिससको टोली १ः४५ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो । उनीहरुलाई एन्फा मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरेका थिए ।  Advertisement त्रिभुवन विमानस्थलमा सञ्चारर्कीसँग कुरा गर्दै फान्कोइसले भने, “नेपालले माल्दिभ्समा सन्पन्न साफ च्याम्पियनसिपमा खेलेको भिडियो हामील हेरेका छौं । नेपाल बलियो प्रतिद्वन्द्वी हो । नेपालविरुद्धको यो मैत्रीपूर्ण खेलले हामीलाई अफ्रिकन कप अफ नेसन्स छनोट प्रतियोगिता खेल्न फाइदा पुग्ने विश्वास लिएका छौं । त्यसकारण पनि हामीलाई यो दुई खेल महत्वपूर्ण छ ।”  मरिसस र नेपालले माघ १५ र १८ गते दुई अन्तर्राष्ट्रिय म...