मंसिरमै प्रतिनिधिसभा : फागुनमा स्थानीय चुनाव
काठमाडौं । सत्तारुढ दलहरुबीच मंसिरमै प्रतिनिधिसभा निर्वाचन गरेर माघ वा फागुनमा स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको छ ।
सत्तारुढ दलहरुले असोजमा स्थानीय तह निर्वाचन भएको मानेर छ महिनाभित्र चुनाव गर्ने र त्यतिञ्जेल कायम रहेका प्रतिनिधिले नै काम गर्ने गरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरेका छन् ।
Advertisement
अहिलेको तयारीअनुसार नै अघि बढे असोजमा स्थानीय तह निर्वाचन भएको मान्दा फागुनसम्म स्थानीय तह निर्वाचनका लागि म्याद बाँकी रहन्छ ।
त्यसो हुँदा सरकारले मंसिरमै प्रतिनिधिसभा निर्वाचन गराएर त्यसपछि स्थानीय तहको निर्वाचन गर्नसक्ने सत्तारुढ दलका एक नेताको भनाई छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्तारुढ गठबन्धनका संयोजक रामचन्द्र पौडेल भने ठोस सहमति नभइसकेको बताउँछन् ।
“अहिले चुनाव कहिले र कसरी गराउने भनेर ठोस सहम...









