२०८३ बैशाख २६

Author: Senior Editor Nima

कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन माग

कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन माग

राजनीति
काठमाडौँ — आसन्न निर्वाचनको मिति कहिले भन्ने विषयमा बहस भइरहेका बेला नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । पार्टीभित्र छलफल नै नगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा त्यसबारे बहस र छलफल गरिरहेको भन्दै पार्टीका पदाधिकारीहरुले नै बैठकको माग गरेका हुन् । नेता शेखर कोइराला समूहले गत सोमबार भर्चुअल बैठक गर्दै केन्द्रीय समितिको बैठक बोलाएर त्यसबारे पार्टीमा छलफल गर्नुपर्ने माग गरेका थिए । सो बैठकपछि महामन्त्री गगन थापासहितका नेताहरूले सभापति देउवालाई भेटेर भर्चुअल माध्यमबाट भए पनि बैठक गरेर अघि बढ्नुपर्ने बताएका थिए । Advertisement कोभिड-१९ को महामारीका कारण सरकारले २५ जनाभन्दा बढी मान्छेहरू जम्मा नहुन र भीड नगर्न आदेश जारी गरेको छ । कांग्रेसको केन्द्रीय समिति १४८ सदस्यीय छ । महाम...
माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

राजनीति
काठमाडौँ — लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् । Advertisement अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गरेका थिए । यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो । यसबीचमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेको अवरोधल...
रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिजविरूद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा

रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिजविरूद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा

खेलकुद
आगामी फेब्रुअरी ६ बाट सुरू हुने वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि भारतले टिम घोषणा गरेको छ । Advertisement बीसीसीआईले बुधबार रोहित शर्माको कप्तानीमा सिरिजका लागि नयाँ टोली घोषणा गरेको हो। टोलीमा चोटको कारण दक्षिण अफ्रीकाविरूद्धको सिरिज गुमाएका कप्तान रोहित शर्मा र बलर कुलदीप यादव फर्किएका छन्। यस्तै दिपक होडा र रवि विश्नोई पहिलो पटक भारतको एकदिवसीय टोलीमा अटाएका छन्। सिरिजमा तिब्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद शामीलाई आराम दिइएको छ। घरेलु मैदान भारतले वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय समान टी-ट्वान्टी सिरिज खेल्नेछ। पहिलो एकदिवसीय आगामी फेब्रुअरी ६ मा अहमदावादमा हुनेछ। एकदिवसीयपछिस भारतले फेब्रुअरी १६ बाट टी-ट्वान्टी सिरिज कोलकत्तामा खेल्नेछ। यसअघि भारतले दक्षिण अफ्रिका विरूद्धको ओडिआई सिरिज ग...
राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालको बधाई

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालको बधाई

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरूलाई बधाई दिएका छन् । Advertisement उनले जारी गरेको सन्देशमा विजयीहरूको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ । राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरू उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र नेकपा (एमाले)बाट एक सदस्य निर्वाचित भएका छन् । रासस ...
आहा–रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

आहा–रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

खेलकुद
पोखरा — ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लबलाई हराउँदै एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा बुधबार मछिन्द्र ३–१ ले स्तब्ध हुँदा एपीएफले २० औं आहा–रारा गोल्डकपको फाइनल उडान भरेको हो ।  Advertisement यसअघि २०६४ मा एपीएफ अर्को विभागीय टोली पुलिस क्लबसँग २–० ले फाइनलमा पराजित भएको थियो । एपीएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले गोल गरे । सुरुआतदेखि नै आक्रामक खेलेको एपीएफले २५ औं मिनेटमा अग्रता लिन सकेको थियो । मणि लामाको फ्रिकिकमा सनिसले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएका थिए । ४० औं मिनेटमा मछिन्द्रका आमोलजा नुरेन करिमले गोल गर्दै बराबरी बनाए । प्रदीपले ६८ औं मिनेटमा गोल गरेर २–१ को स्थिति बनाए । गोलकर्ता करिमले रेफ्रीसँग विवाद गरेपछि ७१ औं मिनेटमा दोहोरो पहेँल...
संघीय तहमै आउन पाउनुपर्ने कर्मचारीको माग सर्वोच्चद्वारा अस्वीकार, लोक सेवा आयोगलाई नतिजा प्रकाशन गर्न बाटो खुल्यो

संघीय तहमै आउन पाउनुपर्ने कर्मचारीको माग सर्वोच्चद्वारा अस्वीकार, लोक सेवा आयोगलाई नतिजा प्रकाशन गर्न बाटो खुल्यो

राजनीति
काठमाडौँ — अदालतको आदेशका कारण रोकिएको परीक्षाफल प्रकाशन गर्न लोक सेवा आयोगलाई बाटो खुलेको छ। सर्वोच्च अदालतले बुधबार समायोजनका क्रममा प्रदेश र स्थानीय तहमा गएका कर्मचारीले आफूहरू संघीय तहमै आउन पाउनुपर्ने माग गर्दै दायर गरेका रिट निवेदन खारेज गरेसँगै निर्वाचन आयोगलाई अधिकृत तहमा रोकिएका परिक्षाफल प्रकाशन गर्ने बाटो खुलेको हो । Advertisement सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले समायोजनमा गएका कर्मचारीलाई संघीय तहमै फर्काउने आदेश जारी गर्न अस्वीकार गरेका हुन् । साथै परीक्षाफल स्थगित भएका कारण प्रभावित भएका परिक्षार्थीहरूले दायर गरेको रिट जारी गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नू भनि लोकसेवा आयोगका नाममा परमादेश ...
मोरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

मोरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

खेलकुद
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार प्रशिक्षणरत राष्ट्रिय फुटबल टोलीका खेलाडी । यही माघ १५ र १८ गते दशरथ रंगशालामा मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय खेलका लागि नेपाली टोलीका खेलाडी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा व्यस्त छन् ।  काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बुधबार नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई फरक खेलका लागि दुई अलगै टिम बनाएका छन् । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने पहिलो खेल शनिबार हुनेछ । Advertisement दोस्रो खेल मंगलबार हुनेछ । मैत्रीपूर्ण खेललाई लिएर प्रशिक्षक अल्मुताइरीले भनेका छन्, ‘म खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव दिन चाहन्छु । यसले भविष्यमा थप बलियो टिम बनाउन मद्दत गर्नेछ । यस्तै ...
प्रहरीमा तीन र सशस्त्रमा एक एआईजी थप्‍ने तयारी

प्रहरीमा तीन र सशस्त्रमा एक एआईजी थप्‍ने तयारी

राजनीति
काठमाडौँ — सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)मा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी बढाउने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो । Advertisement सहमतिसहितको फाइल अर्थले गृहमा पठाइसकेको स्रोत बताउँछ । दरबन्दी थप्ने सम्बन्धी दुवै प्रहरीबाट आएका प्रस्तावमा गृह मन्त्रालयले आन्तरिक छलफल गरी सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थले प्रहरीमा तीन र सशस्त्रमा एउटा दरबन्दी बढाउन सहमति दिएको स्रोतले बतायो । स्रोतका अनुसार सशस्त्र प्रहरीमा हाल २ वटा एआईजीको दरबन्दी छ । कार्य तथा सीमा विभाग र मानवस्रोत तथा प्रशासन विभाग रहेकोमा कार्यबाट सीमा विभाग अलग गरी सीमा सम्बन्धी मामिला हेर्न एआईजीको नेतृत्वमा सीमा विभाग बनाउने तयारी छ । त्यसकै लागि एआईज...
पशुपति धर्मशाला अब बतास समूहले सञ्चालन गर्दैन, सम्झौता रद्द गरियो: मन्त्री आले

पशुपति धर्मशाला अब बतास समूहले सञ्चालन गर्दैन, सम्झौता रद्द गरियो: मन्त्री आले

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। Advertisement बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको मन्त्री आलेले मंगलबार मन्त्रालयमा पत्रकारहरूलाई बताए। मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको उनले बताए। ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन,’ उनले भने। पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो। पशुपति विकास कोष र बतास समूहअन्तर्...
रशिला महर्जन विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौं स्थानमा

रशिला महर्जन विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौं स्थानमा

खेलकुद
राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको नयाँ विश्व वरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्। Advertisement जुनियर महिला एकल तर्फ १९ औं स्थानमा रहेकी रशिला बिश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन्। विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ सातौं स्थानमा पुगेकी महर्जनले नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शानलाई उच्च राख्न सफल भएको भन्दै रशिला बिश्व ब्याडमिन्टनको सातौं स्थानमा बधाई दिएको छ। साथै संघले आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलताका लागि शुभकामना ब्यक्त गरेको छ । संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी ब्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघ माथी खेलाडीहरुको स्तरलाई कायम राख्न र अन्य खे...