विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ।
बुधबार पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले चार बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्यो।
Advertisement
नेपालले जितका लागि ९ बलमा १० रन बनाउने पर्ने अवस्थामा सोमपाल कामी ७ रनमा आउट भएका थिए। जसका कारण नेपालमाथि दबाब थपिएको थियो। तर लगत्तैको बलमा करण केसीले चौका हिर्काएका थिए।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ५ रन चाहिएको थियो भने नेपालको २ विकेट बचेको थियो।
अन्तिम ओभरको पहिलो बलमा लेग बाइ चौका हुँदा र दोस्रो बलमा करणले छक्का हिर्काउँदै नेपाललाई जिताए। उनले २५ बलमा नटआउट २९ रन जोडे। उनले २ छक्का र १ चौका हिर्काए।
नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे। रोहितले ५८ रन जोड्दा रोहितले ५३ रन बटुले।
...









