२०८० चैत्र १५

एमाले सचिवालय बैठक: स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित गरेको छ। 


Advertisement


मंगलबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार सिफारिस गर्ने मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए।

‘स्थानीय तहको निर्वाचनको सम्बन्धमा उम्मेदवारहरूको सिफारिस निर्णय गर्ने विधि र प्रक्रियाबारे हामीले निर्णय गरेका छौं,’ गुरूङले भने।

वडा तहको वडाध्यक्ष, वडा सदस्यको निर्णय जिल्ला कमिटीले गर्ने, नगरपालिकाको मेयर र उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने गुरूङले बताए। 

यस्तै, महानगरपालिका र उपमहानगरपालिकाको हकमा मेयर र उपमेयरको सिफारिस प्रदेशले गर्ने र त्यसको निर्णय केन्द्रले गर्ने भएको हो। 

निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्ने मापदण्ड केन्द्रीय कमिटीबाट पारित गर्ने उनले बताए। 

चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्न लागेको उनले बताए।  

Copy link
Powered by Social Snap