२०८१ बैशाख ८

झापा एफसीलाई नेको इन्स्योरेन्सको साथ, खेलाडीको १० लाखको स्वास्थ्य बिमा

नेपाल सुपर लिग (एनएसएल) को नवआगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्ससँग बिमा पार्टनरका रुपमा सम्झौता गरेको छ।


Advertisement


झापाले सोमबार नेकोसँग सम्झौता समेत गर्‍यो। कार्यक्रमका क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत तथा नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार सुपर लिगमा झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा हुने पक्का भएको छ । सम्झौतापछि उपाध्यक्ष बस्नेतले भने “नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाउँदा हामी खुशी छौं। यो सहकार्यका लागि हामी नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिन चाहन्छौं।”

नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्का भने “झापा एफसीको फुटबल र खेलाडीप्रतिको भिजनबाट हामी प्रभावित भयौं। त्यसैले पनि यो सहकार्य गर्न हामीले अबेर गरेनौं। सुपर लिगमा क्लबसँगको हाम्रो सहकार्य अटुट रहनेछ।”

क्लबका महासचिव सुजन गौतमले खेलाडीहरुको यो स्वास्थ्य बिमाले खेलका क्रममा खेलाडीहरुलाई तनावरहित रहेर मैदानमा डटेर खेल्न हौसला मिल्ने बताए। उनले सुपर लिगमा पहिलो सहभागिता भए तापनि आफूहरुले पहिलो सिजन मै राम्रो गर्ने विश्वास लिएको प्रतिक्रिया समेत दिए।

यहि चैत २६ गतेदेखि सुरु हुने नेपाल सुपर लिगमा यस सिजन थपिएका तीन नयाँ क्लबसहित कुल १० टोलीहरुले सहभागिता जनाउँदै छन्। झापा एफसीको मार्की प्लेयरमा फरवार्ड अन्जन बिष्ट रहेका छन्।

Copy link
Powered by Social Snap