२०८१ बैशाख ८

शेन वार्नको सम्मानमा भैरहवामा प्रो-क्लब च्याम्पियनसिप हुने

अस्ट्रेलियाका सर्वकालिन महान् लेगस्पिनर शेन वार्नको सम्मानमा भैरहवामा टी-२० क्लब क्रिकेट प्रतियोगिता हुने भएको छ।


Advertisement


जोरा इन्टरनेसनलको आयोजनामा हुने प्रतियोगिताको नाम प्रो क्लब च्याम्पियनसिप राखिएको छ।

 प्रतियोगिता ८ अप्रिलमा सुरु भएर १६ अप्रिलमा सकिनेछ। प्रतियोगितामा ८ टिमले भाग लिनेछन्।

आयोजकका अनुसार नेपाल, भारत र बंगलादेशका क्लबले प्रतियोगितामा भाग लिनेछन्। भाग लिने क्लबहरूको नाम पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ। 

प्रतियोगितामा १७ खेल हुनेछन्। नेपालले काठमाडौंमा एकदिवसीय  र टी-२० सिरिज खेले लगत्तै प्रतियोगिता हुनेछ। 

गत फागुन २० मा निधन भएका शेन वार्नलाई प्रतियोगिता समर्पण गरिने जोरा इन्टरनेसनलका एमडी आमिर अख्तरले बताए। 

जोराले यो प्रतियोगितालाई नेपाल क्रिकेट संघ क्यानले आयोजनाको अनुमति दिएको पनि जनाएको छ।

Copy link
Powered by Social Snap