२०८१ बैशाख ७

पपुवा न्युगिनीले नेपाललाई दियो २०५ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ।

युएई, पपुवा न्युगिनी र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २०४ रन जोड्यो।


Advertisement


शारजाहमा भएको खेलमा पपुवा न्युगिनीका लागि चर्ल्स अमिनीले सबैभन्दा बढी ५९ रन जोडे। सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले ८२ बलमा ७ चौका हिर्काए। 

नेपालका लागि सोमपाल कामीले तीन  विकेट लिए। उनले १० ओभरमा ४८ रन दिए।

आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक-एक विकेट लिए। नेपालले पपुवा न्युगिनीका दुई ब्याट्सम्यानलाई रनआउट गर्‍यो।

आरिफले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई २७ रनमा आउट गरे। अर्का ओपनर लेगा सिएकालाई सन्दीपले २५ रनमा बोल्ड गरे। 

पपुवा न्युगिनीका कप्तान असद भालालाई ज्ञानेन्द्र मल्लले १९ रनमा आउट गरे। ज्ञानेन्द्रले कुशल भुर्तेलबाट क्याच गराएका थिए। 

ज्ञानेन्द्रले एकदिवसीय खेलमा पहिलो विकेट लिएका हुन्। उनले एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका हुन्।

ज्ञानेन्द्रले पपुवा न्युगिनीका हिरी हिरीलाई पनि रनआउटको सिकार बनाएका थिए। शून्यमा रनआउट गराउने क्रममा उनले उत्कृष्ट फिल्लिङ गर्दै विकेटकिपर विनोद भण्डारीबाट रनआउट गराए।

१२ बलमा २३ रन जोडेका नोर्मन भानुआलाई पनि दीपेन्द्रसिंह ऐरीले विनोदबाट रनआउट गराएका थिए।

सोमपालले चाड सोपर ३५ रनमा र एलेइ नाओलाई २ रनमा बोल्ड गरे।

Copy link
Powered by Social Snap