२०८३ बैशाख २६

Author: Senior Editor Nima

अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै

अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै

राजनीति
अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। Advertisement आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थालगायत विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गर्न लागेको बताइएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार पत्रकार सम्मेलन गरेर मुलुकको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गरेको थियो। पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाको उपस्थितिमा आइतबार एमालेले पत्रकार सम्मेलन गरेको थियो। एमालेले मुलुकको आर्थिक अवस्था बिग्रनुमा अर्थमन्त्रीको दोष भए पनि गभर्नरलाई निलम्बन गरिएकोमा आपत्ति जनाउँदै आएको छ। गभर्नर महाप्रसाद अधिकारीलाई गत बिहीबारको मन्त्रिपरिषद बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसपछि सरकारको...
फुटसल एसियन कप छनोटमा नेपालको पोस्टमा ताजकिस्तानको ११ गोल

फुटसल एसियन कप छनोटमा नेपालको पोस्टमा ताजकिस्तानको ११ गोल

खेलकुद
एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका नेपाल बाहिरिएको छ। किर्गिस्तानमा भइरहेको समूह 'बी' को छनोटमा लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको हो। Advertisement सोमबार भएको दोस्रो खेलमा नेपाललाई  ताजकिस्तानले ११- १ गोलले पराजित गर्‍यो। खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफसम्म १-१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा १० गोल खायो। यसअघि नेपालले पहिलो खेलमा उज्वेकिस्तानसँग ५- १ को हार बेहोरेको थियो। नेपालले भोलि अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ। कुवेतमा आगामी सेप्टेम्बर अन्तिम सातादेखि हुने एसियन कप फुटसलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। कुवेत आयोजकको हैसियतमा छनोट भइसकेको छ। अब समूहका शीर्ष टिम स्वत: छनोट हुनेछ भने दोस्रो हुने टिमले प्लेअफ खेल्न पाउनेछ। ...
देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे अपिल

देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे अपिल

राजनीति
सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढन गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।  Advertisement प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले एक अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढन पाँच दलका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको हो।  आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको र त्यसको टुंगो भोलि (मंगलबार) अपरान्ह ४ बजे बस्ने बैठकले टुंगो लगाउने पनि काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा पाँच दल...
राष्ट्रिय खुला जुडो : सन्जित र मनीता उत्कृष्ट खेलाडी

राष्ट्रिय खुला जुडो : सन्जित र मनीता उत्कृष्ट खेलाडी

खेलकुद
सन्जित डंगोल पुरुष र मनीता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन्। Advertisement अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए। दुवै नेपाल प्रहरीका हुन्। प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए। उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व. अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर, आयोजक नेपाल जुडो संघका अध्यक्ष दपिकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस्दै आएका पूर्व जुडो खेलाडी अभिनव राणाले जनही ५ हजार नगद पुरस्कार प्रदान गरे। उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक ...
सीताराम यचुरी फेरि बने भारतीय कम्युनिष्ट पार्टीको महासचिव

सीताराम यचुरी फेरि बने भारतीय कम्युनिष्ट पार्टीको महासचिव

राजनीति
भारतको कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) को महासचिवमा फेरि सीताराम यचुरी निर्वाचित भएका छन्। Advertisement केरलाको कान्नुरमा आइतबार सकिएको उक्त पार्टीको २३ औं महाधिवेशनले यचुरीलाई तेस्रो पटक महासचिव चुनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। https://twitter.com/cpimspeak/status/1513069615869759489?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1513069615869759489%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कमिटी पनि निर्वाचित गरेको छ। ६९ वर्षीय यचुरी राज्य सभाका पूर्व सदस्य हुन्। कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) भारतको सबैभन्दा ठूलो कम्युनिष्ट घटक हो। ...
टी-२० विश्व वरीयतामा नेपालको सुधार

टी-२० विश्व वरीयतामा नेपालको सुधार

खेलकुद
आइसिसी पुरूष टी-२० टिम वरीयतामा नेपालले सुधार गरेको छ। अघिल्लो महिनाभन्दा एक स्थान माथि उक्लदै नेपाल १२औं स्थानमा छ। Advertisement नेपालभन्दा तल युएई १३औं, स्कटल्यान्ड, १४औं र आयरल्यान्ड १५औं स्थानमा छन्। शीर्ष स्थानमा भारत छ। दोस्रो स्थानमा इंग्ल्यान्ड छ भने पाकिस्तान तेस्रो स्थानमा, न्युजिल्यान्ड पाँचौ र अस्ट्रेलिया छैटौं स्थानमा छन्। वेस्ट इन्डिज सातौं, अफगानिस्तान आठौ, बंगलादेश नवौं, श्रीलंका दशौं र जिम्बावे एघारौं स्थनमा छ। नेपालले पछिल्लो यहि महिना घरेलु मैदानमा पपुवा न्युगिनी र मलेसियाबिरूद्धको त्रिकोणात्मक टी-२० सिरिजमा लिग चरणमा चार र फाइनलमा गरी लगातार पाँच खेलमा जित हात पारेको थियो। त्यसअघि नेपालले विश्वकप छनोटमा समूह चरणमा ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेको थियो। सेमिफाइनलमा भने नेपाल युएईसँग हारेको थियो। यहिँ खेलमा ...
बालुवाटारमा सत्तागठबन्धनको चुनावी समिति बैठक जारी

बालुवाटारमा सत्तागठबन्धनको चुनावी समिति बैठक जारी

राजनीति
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तागठबन्धनले बनाएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको छ। Advertisement आज अपरान्ह ४ बजेदेखि बैठक बसेको हो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको समितिमा पाँच दलका प्रतिनिधिसहित १० जना छन्। बैठकमा चुनावी तालमेलको ढाँचाबारे छलफल भइरहेको एक नेताले बताए। पाँचदलीय गठबन्धनले वैशाखमा हुने चुनावमा मिलेर जाने सहमति गरिसकेका छन्। तर कसरी तालमेल गर्ने भन्नेबारे छलफल जारी छ। ०७४ को मतका आधारमा तालमेल गर्ने वा अरू कुनै ढाँचा बनाएर जाने भन्नेमा बहस भइरहेका छन्। जिल्लाबाट कुन पालिकामा कुन दलको कस्तो अवस्था छ भन्नेबारे आएको प्रतिवेदन अध्ययन गरेर चुनावी ढाँचा तय गर्ने गठबन्धनमा रहेका दलहरूको तयारी छ। ...
थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङमा नेपालले जित्यो १२ वर्षपछि पदक

थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङमा नेपालले जित्यो १२ वर्षपछि पदक

खेलकुद
थाइल्याण्डको फुकेटमा संचालन भएको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी छन्। Advertisement वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३– २ को हार बेहोरिन्। फाइनलमा फिलिपिन्सकी खेलाडीले भारतकी खेलाडीलाई पराजित गरी स्वर्ण जितिन्। त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ के.जी तौल समुहमा थाइल्यण्डका मुक्केवाजसंग ४–१ को हार बेहोर्दा पदकबाट बन्चित भइन्। यस अघि नेपालका एक मात्र ६३ केजीमा भुपेन्द्र थापा मियतनामसँग, महिला ५७ केजीमा इटालीका २०२० ओलम्पिक पदक विजेतासँग नेपालकी चन्द्रकला थापा र ४८ केजी तौल समूहमा सुस्मा तामाङ् इटालीकै खेलाडी सँग ३–२ ले हारेका थिए। ...
एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड

एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड

राजनीति
नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेको छ। Advertisement निर्वाचनका लागि उम्मेदवार सिफारिस र छनोटका लागि पार्टीले मापदण्ड बनाएको हो। पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने पार्टीले जनाएको छ। साथै पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ रहेको हुनुपर्ने, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने र जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने उल्लेख छ। स्वच्छ छवी भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिइने पनि पार्टीले जनाएको छ। ...
नारीहरू चुलो-चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु : रेखा थापा

नारीहरू चुलो-चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु : रेखा थापा

राजनीति
राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले राप्रपाले नेपाली जनता लागि विकासको पूर्वाधारको जिम्मा लिने बताएकी छिन्। Advertisement झापाको दमकमा आयोजित बृहत आमसभालाई सम्बोधन शनिबार थापाले पार्टीले शिक्षा, स्वास्थ्य तथा जनताको आधारभूत आवश्यता पूरा गर्ने बताइन्। उनले भनिन्, ‘हामी बोलेर हैन गरेर देखाउँछौं। जनताको आवश्यकता समस्या के छ हामीले नजिकबाट निलालेका छौं।  गम्भीर छौं।’ नेपाली सिने जगतकी अभिनेत्री थापाले जनप्रतिनिधिहरूले सुकुम्बासीहरूको घरमा डोजर लगाउनले गरेको बताइन्। ‘सुकुम्बासीहरू पनि यहाँको नागरिक हुन्, सुकुम्बासीको घरमा डोजर लगाउन पाउँदैन, यदि लगाउने हो भने उनीहरूको व्यवस्थापन गर्नुपर्‍यो,’ थापाले भनिन्। जनताले जिताएर पठाएको जनप्रतिनिधिहरूबाटै जनता नै दु:खी भएको उनले बताइन्। आफू राप्रपामा प्रवेश गरेपछि आमनेपाली दाजुभाइको मुहा...