२०८३ कार्तिक १३

नारीहरू चुलो-चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु : रेखा थापा

राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले राप्रपाले नेपाली जनता लागि विकासको पूर्वाधारको जिम्मा लिने बताएकी छिन्।


Advertisement


झापाको दमकमा आयोजित बृहत आमसभालाई सम्बोधन शनिबार थापाले पार्टीले शिक्षा, स्वास्थ्य तथा जनताको आधारभूत आवश्यता पूरा गर्ने बताइन्।

उनले भनिन्, ‘हामी बोलेर हैन गरेर देखाउँछौं। जनताको आवश्यकता समस्या के छ हामीले नजिकबाट निलालेका छौं।  गम्भीर छौं।’

नेपाली सिने जगतकी अभिनेत्री थापाले जनप्रतिनिधिहरूले सुकुम्बासीहरूको घरमा डोजर लगाउनले गरेको बताइन्।

‘सुकुम्बासीहरू पनि यहाँको नागरिक हुन्, सुकुम्बासीको घरमा डोजर लगाउन पाउँदैन, यदि लगाउने हो भने उनीहरूको व्यवस्थापन गर्नुपर्‍यो,’ थापाले भनिन्। जनताले जिताएर पठाएको जनप्रतिनिधिहरूबाटै जनता नै दु:खी भएको उनले बताइन्।

आफू राप्रपामा प्रवेश गरेपछि आमनेपाली दाजुभाइको मुहारमा खुसीको बहार देखिएको दाबी थापाले गरिन्।

‘नारीहरू अब कमजोर छैनन्, नारीहरू चुलो-चौकामा सीमित भएको हैन, देश हाँकेको हेर्न चाहन्छु,’ थापाले भनिन्, ‘हामी सपना देखाउन आएको हैन, पूरा गर्न आएका हौं। तर यसमा सबैको हातेमालो आवश्यक छ।’

थापाले धेरै दिदीबहिनीहरू सपनाविहीन भएको देखेको र राप्रपाले उनीहरूको सिप र शिक्षाको सुनिश्चितता गर्ने दाबी गरिन्।

थापा राप्रपा महामन्त्रीमा कुन्ती शाहीसँग पराजित थिइन्। शनिबार राप्रपाले दमकमा आमसभा गरेको थियो।

स्थानीय निकायको निर्वाचन नजिकिएको समयमा राप्रपाले देशव्यापी चुनावी आमसभाहरू गरिरहेको छ।

सभामा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका उच्च नेताहरूले सम्बोधन गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap