२०८१ बैशाख ७

देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताले जारी गरे अपिल

सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढन गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ। 


Advertisement


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले एक अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढन पाँच दलका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको हो। 

आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको र त्यसको टुंगो भोलि (मंगलबार) अपरान्ह ४ बजे बस्ने बैठकले टुंगो लगाउने पनि काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा पाँच दलीय उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ। बैठकमा स्थानीय तह निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र स्थानीय निर्वाचनमा पाँच दलको गठबन्धनद्धारा समर्थित उम्मेदवारहरुलाई कसरी विजयी गराउने यिनै बारेमा बृहत रुपमा छलफल भएको छ’, उनले भने, ‘फेरि यो बैठक बोलि ४ बजेका लागि डाकिएको छ। त्यो बैठकपछि हामी मेकानिज्मको बारेमा कस्तो किसिमको मेकानिज्म अपनाउने त्यसको बारेमा म तपाईहरुलाई अवगत गराउनेछु। अहिले चाँही पाँच दलले एउटा वक्तव्य जारी गरेको छ।’

पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि आम जनसमुदायलाई आग्रह गरेको छ। 

देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीयबासीहरुको कठिनाई हटाउँदै तिनका आवश्यक्ता परिपूर्ति गर्नका लागि आगामी स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर अघि बढने घोषणा गरिएको पनि स्पष्ट पारिएको छ। 

सत्तारूढ गठबन्धनले संविधानको उलंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलबाड र संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको भन्दै त्यस्ता प्रतिगामी र परिवर्तन विरोधी शक्तिबाट देशलाई जोगाउनुपर्ने पनि अपिलमा भनिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जसपा नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले चुनावी तालमेलको अपिलमा हस्ताक्षर गरेका छन्।

उनीहरूले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनसमेत अपिल गरेका छन्। साथै उनीहरूले विगतका मतभेदलाई पन्छाउँदै अघि बढ्न पनि आग्रह गरेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णयसमेत उनीहरूको छ।

यस्तो छ अपिल:

Copy link
Powered by Social Snap