२०८० चैत्र १५

एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेको छ।


Advertisement


निर्वाचनका लागि उम्मेदवार सिफारिस र छनोटका लागि पार्टीले मापदण्ड बनाएको हो।

पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने पार्टीले जनाएको छ।

साथै पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ रहेको हुनुपर्ने, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने र जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने उल्लेख छ।

स्वच्छ छवी भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिइने पनि पार्टीले जनाएको छ।

Copy link
Powered by Social Snap