२०८३ कार्तिक १२

केन्द्रबाटै उम्मेदवार तोके सत्तागठबन्धनलाई गाह्रो पर्छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय चुनावका लागि उम्मेदवार सिफारिस गर्दा महानगरबाहेक अन्यत्र केन्द्रबाटै उम्मेदवार नतोक्न आग्रह गरेका छन्।


Advertisement


केन्द्रबाटै पालिकास्तरको उम्मेदवार तोक्ने निर्णय भएमा कांग्रेसलाई मात्र नभई सत्तागठबन्धनका सबै दलहरूलाई अप्ठ्यारो पर्ने उनले बताए।

‘आवश्यकता र औचित्यका आधारमा तालमेल गर्न सक्ने केन्द्रीय समितिले निर्णय गरेको छ,’ निजामती कर्मचारी युनियनले आज काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले भने, ‘महानगरको उम्मेदवार केन्द्रले तोक्ने हो। उपमहानगर र नगरपालिकाको प्रदेशबाट र वडाको क्षेत्रले उम्मेदवार तोक्ने हो, केन्द्रबाट नतोकौं।’

उनले वैशाख ३० मै स्थानीय चुनाव हुने पनि बताए। पाँचदलीय गठबन्धन चुनावमा मिलेर जाने भएकोले प्रदेश, जिल्ला र पालिकास्तरबाट नै दलका प्रतिनिधिहरूले छलफल गरेर उम्मेदवार तोक्नुपर्ने उनले बताए।

‘गठबन्धनकै संयन्त्रमा छलफल गरेर उम्मेदवार निर्णय गरौं होइन भने परिस्थिति अर्कै हुन्छ,’ उनले भने। कांग्रेसले माओवादी, एकीकृत समाजवादी र जसपासँग मिलेर चुनाव लड्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न पनि उनले गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap