आर्मीको लगातार पाँचौँ जित, हेल्प नेपालको अपराजित यात्रा कायमै
काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार पाँचौं जित निकालेको छ ।
Advertisement
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मीले लगातार पाँचौँ जित निकालेको हो । पहिलो सेट गुमाएपनि आर्मीले उत्कृष्ट पुनरागमन गरेको थियो ।
आर्मीले पुलिसमाथि १७–२५,२५–२०,३०–२८ र २५–२३ को सेटमा जित निकालेको हो । जितसँगै आर्मीले ५ खेलमा १५ अंक जोडेको आर्मी शीर्ष स्थानमा उक्लिएको छ ।
पुलिसको ५ खेलमा ९ अंक रहेको छ ।
पुरुष तर्फको अघिल्लो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले पनि पाँचौ जित निकालेको छ । गलकोट स्पोर्ट्स क्लबलाई पराजित गर्दै हेल्प नेपालले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । हेल्पले गल्कोटमाथि २५–१५,२५–१३ र २५–...









