२०८३ कार्तिक १६

हामीले प्रचण्ड–माधव खोजेका छैनौं, उनीहरु भए चुनाव हारिन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेले नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नखोजेको बताएका छन् ।


Advertisement


उनीहरुबाहेकका कार्यकर्तालाई जहिले पनि स्वागत गर्न सकिने भन्दै उनले प्रचण्ड र माधव नेपाल लिएर हिँडे चुनाव हारिने जिकिर गरे ।

“हामी अहिले नै प्रचण्ड र माधव नेपालले काम गर्न दिएनन् भनेर जनताकहाँ जाँदैछौँ,” उनले भने, “यस्तो बेलामा उनीहरुलाई बोकेर हिँड्ने कुरा हुँदैन । अब नेपालमा दुई पार्टी सिष्टम आवश्यक देखिइसकेको छ । एउटा ध्रुवको नेतृत्व कांग्रेसले गर्छ, अर्को एमालेले । बाँकी सहायक पार्टीमात्रै हुनेछन् ।”

उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले महानगरमा चमत्कार गर्ने भन्दै उपमहानगर आफूहरुको बलियो क्षेत्र भएको बताए।

“आगामी निर्वाचनमा एमाले सवल शक्ति भएपछि सबै एमालेमा प्रवेश गर्नेछन्,”उनले भने, “गठबन्धन गर्नैपर्दैन । हामीले घोषितरुपमै हामीले प्रचण्ड र माधव नेपालसँग सहकार्य हुँदैन भनेका छौँ ।”


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap