


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले काठमाडौंको उपमेयरमा नै चित्त बुझाउनु ठूलो कुरा भएको बताएका छन् ।
Advertisement


शुक्रबार शान्तिबाटिकामा आयोजित चुनावी सभामा उनले काठमाडौंबाट जितेका नेपालले मेयरमा कांग्रेसलाई छाडेर उपमेयर लिन तयार भएको बताए ।

“माधवजीको प्रभाव छ, काठमाडौंमा । काठमाडौंबाट उहाँ अत्याधिक बहुमतका साथ जित्नुभएको हो । उहाँले उपमेयरमै मान्दिनुभयो ठूलो कुरा हो,” उनले भने ।






