२०८३ बैशाख २५

Author: Senior Editor Nima

सत्ता गठबन्धनको चितवन सभामा शेखर र गगन नजाने 

सत्ता गठबन्धनको चितवन सभामा शेखर र गगन नजाने 

राजनीति
काठमाडौं । सत्ता गठबन्धनको आज चितवनमा हुने चुनावी सभामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएका छन् । Advertisement चितवनका कांग्रेस सभापति राजेश्वर खनालले डा. कोइराला र थापाको उपस्थितिले चुनावी माहोल राम्रो हुने भन्दै उनीहरूलाई फोन गरेका थिए । तर, सभामा गठबन्धनका नेताहरूले डा. कोइराला र थापालाई वक्ताका रूपमा नराखेको र अन्यत्रै चुनावी कार्यक्रम तय भइसकेकाले दुवै नेता चितवन नजाने भएका हुन् । महामन्त्री थापा काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उमेदवार सिर्जना सिंहको काठमाडौंमा आयोजित एक कार्यक्रममा छन् । डा. कोइरालाले प्रदेश नम्बर–१ का विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुने क्रममै रहेकाले आउन नसक्ने जानकारी गराइसकेका छन् । ...
कांग्रेसको टाउकोमा धोकेबाजको दाग नलागोस् : देउवा

कांग्रेसको टाउकोमा धोकेबाजको दाग नलागोस् : देउवा

राजनीति
मोरङ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सुदृढीकरण गर्न गठबन्धन गरिएको बताएका छन् । मोरङ कांग्रेसले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा कुनै किसिमका शंका पैदा हुने काम कसैलाई नगर्न आग्रह गरेका छन् । Advertisement ‘कांग्रेस पार्टी धोका खान्छ तर कसैलाई धोखा दिँदैन है भन्ने विश्वास नतोड्न र कांग्रेसको टाउकोमा धोकेबाजको दाग नलागोस्,’ उनले भने, ‘जननायक बीपी र गिरिजाप्रसाद कोइराला जस्ता देशका दुई सफल प्रधानमन्त्रीको ठाउँ विराटनगरमा गठबन्धनलाई जिताउनु होस्, विकासका सबै कामहरु गर्न तयार छौं ।’ विराटनगरस्थित विराटराजाको दरबार क्षेत्रको संरक्षण र संवद्र्धनका लागि सरकार तयार रहेको प्रधानमन्त्री देउवाले बताए । स्थानीय तहको क्षमता विकास भएपछि अधिकारसम्पन्न बनाएर स्थानीय सरकारको प्...
चुनावको विवादले फुट्यो नेकपा 

चुनावको विवादले फुट्यो नेकपा 

राजनीति
काठमाडौँ — स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवादले चुलिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । स्थानीय तह निर्वाचन बहिस्कार कि उपयोग भन्नेबारे नेकपाको नेतृत्वमा रहेका नेताहरूबीच विवाद चुलिँदा विभाजन भएको हो ।  Advertisement वैशाख ३० गते चुनाव आउनु ९ दिन पहिले नेकपा विभाजन भएको हो । नेकपामा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका सचिवालय सदस्यबाट विवादकै बीचमा निष्कासित धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले बुधबार राष्ट्रिय भेला बोलाएर विभाजनलाई औपचारिकता दिएका हुन् । चिवतनको पर्सामा जारी राष्ट्रिय भेलाले नकेपा महासचिवबाट चन्दलाई हटाउने र हालका लागि संयोजकको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिने निर्णय लिएको छ । त्यस्तै, चन्दको पक्षमा रहँदै आएका नेता खड्गबहादुर विश्वकर्मालाई पार्टी प्रवक्ताबाट ह...
मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने

मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने

राजनीति
आयोगले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात् अनुगमन गर्ने उनले जानकारी दिए । आयोगका सदस्य सूर्य ढुंगेल मधेस प्रदेश, सदस्य मिहिर ठाकुर गण्डकी प्रदेश, सदस्य मनोज दुवाडी सुदूरपश्चिम प्रदेश र सदस्य लिली थापा नेतृत्वको टोली प्रदेश नम्बर १ को अनुगमनमा जाने कार्यक्रम छ । अघि उम्मेदवारी दर्ताका दिन वैशाख ११ र १२ गते पनि आयोगले ३० वटा जिल्लामा पुगेर अनुगमन गरेको थियो । Advertisement आयोगले निर्वाचन अवधिका ४७ अनुगमन टोलीद्वारा ७७ जिल्लाका मतदान केन्द्रमा पुगी मानवअधिकारको अवस्थाबारे अनुगमन गर्नेछ । केन्द्रीय कार्यालयबाट पनि अनुगमन कन्ट्रोल रुम स्थापना गरी अनुगमन गरिने अध्यक्ष मगरले जानकारी दिए । आयोगले अनुगमनमा ज्येष्ठ नागरिक, किरियापुत्री, गर्भवती आदिको सहज पहुँच भए नभएको, मतदान केन्द्रको उपयुक्त, मतदान केन्द्रको सुरक्षा प्रबन्ध, सुरक्षाकर्मी परिचालन...
देउवा सभापतिको हैसियतमा चुनावी प्रचारमा : सरकारी स्रोतको प्रयोग नगर्ने गरी आयोगले दियो अनुमति 

देउवा सभापतिको हैसियतमा चुनावी प्रचारमा : सरकारी स्रोतको प्रयोग नगर्ने गरी आयोगले दियो अनुमति 

राजनीति
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न बुधबार विराटनगर पुगेका छन् । पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सार्वजनिक गरेको साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिनको सभा उद्घाटनका लागि उनी त्यहाँ पुगेका हुन् । Advertisement कांग्रेसको चुनावी कार्यक्रमअन्तर्गत यही वैशाख २२ गते भरतपुर, २३ गते काठमाडौं, २४ गते बुटवल, २४ गते तनहुँको दमौली र धनुषाको जनकपुरमा सभाको आयोजना हुनेछ । वैशाख २५ गते पोखरा र तुलसीपुर, २६ गते कैलालीको धनगढी र २७ गते डडेलधुरामा सभा हुनेछ । ती सभालाई देउवाले सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीलाई पार्टीको प्रचार गर्न निर्वाचन आचारसंहिताले रोक्छ । आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै प...
गृहनगरमै बाबुरामलाई धक्का, आफ्नो दलको उमेदवारी नछाड्न कांग्रेसको पत्र (पत्रसहित) 

गृहनगरमै बाबुरामलाई धक्का, आफ्नो दलको उमेदवारी नछाड्न कांग्रेसको पत्र (पत्रसहित) 

राजनीति
काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा चुनावी तालमेल नहुने भएको छ । Advertisement कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गर्दै पालुङटारमा कांग्रेस एक्दै स्थानीय तह निर्वाचन लड्ने भन्दै तयारी गर्न नगर समितिलाई परिपत्र गरेका छन् । चुनावी तालमेलका लागि पटक–पटक छलफल गर्दा पनि यहाँ तालमेल सम्भव नभएपछि दलहरूले आ–आफ्ना उमेदवार उठाएका थिए । केन्द्रले भने चुनावी तालमेल गर्न दबाब दिएको थियो । डा. भट्टराईले आफ्नो गृहनगरमा नगर प्रमुख पद नछाड्ने अडान लिएपछि तालमेल सम्भव नभएको कांग्रेस नेताहरू बताउँछन् । भट्टराईले विश्वासपात्र प्रेम गुरूङलाई नगर प्रमुखको टिकट दिएका छन् । तालमेल सम्भवन नभएपछि जिल्लामा केन्द्रीय गठबन्धनमा आबद्ध दलहरू मित्रवत् ...
ठूला दलबाटै आचारसंहिता उल्लंघन, मतदाता प्रभावित पार्न राहत वितरण

ठूला दलबाटै आचारसंहिता उल्लंघन, मतदाता प्रभावित पार्न राहत वितरण

राजनीति
भक्तपुर ।आगामी साता हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापकरूपमा आचारसंहिता उल्लंघन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आज निर्वाचनबारे आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा यस्तो बताइएको हो ।  Advertisement सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई प्रभावित पार्नेगरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको बताउँदै उनले केही दलले आचारसंहिता विपरीत काम गर्न खोजिएकाले यस्ता कार्यक्रमलाई रोक लगाएको बताए । “जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्नेगरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा तत्कालै पुगेर रोकेको बताउँदै, उनले भने,“यही बीचमा अनुमति लिन आएका करिब २० वटा कार्...
३५३ जनप्रतिनिधि निर्विरोध : प्रमुख पदमा एकीकृत समाजवादीका धेरै (सूचीसहित)

३५३ जनप्रतिनिधि निर्विरोध : प्रमुख पदमा एकीकृत समाजवादीका धेरै (सूचीसहित)

राजनीति
काठमाडौं । पहिलोपटक निर्वाचनमा भाग लिँदै गरेको दल नेकपा (एकीकृत समाजवादी)बाट प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा अगाडि देखिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ स्थानीय तहमध्ये दुईवटा गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।  Advertisement त्यस्तै, उक्त पार्टीबाट ६ जना वडाध्यक्ष , १२ खुल्ला सदस्य, ७ महिलासदस्य, ६ जना दलित महिलासदस्य गरी कूल ३४ जना निर्विरोध निर्वाचित भएका छन् ।  त्यसपछि प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा एमाले दोस्रोमा देखिएको छ । तर, संख्याका आधारमा हेर्ने हो भने एमाले निर्विरोध निर्वाचित हुने पहिलो दल बनेको छ । एमालेबाट एक गाउँपालिका अध्यक्षसहित गाउँपालिका उपाध्यक्ष–२, वडाध्यक्ष–१४, खुला सदस्य–२६, महिला सदस्य–२३, दलित महिला सदस्य–५७ गरी कुल १२३ जना निर्विरोध निर्वाचित भएका छन...
अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने

अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न छानबिन समिति गठन गरिने

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार छानबिन समिति गठन गर्ने भएको छ ।  मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच भएको छलफलपछि दुवै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् । एन्फा मुख्यालयमा भएको छलफलपछि अध्यक्ष शेर्पाले भने, ‘‘भोलि छानबिन समिति गठन गर्ने र त्यसले चार दिनभित्र निष्कर्ष निकाल्नेमा खेलाडी सहमत भएका छन् ।’’ Advertisement छानबिन समिति गठन गर्ने भए पनि कसको संयोजकत्व र कति सदस्यीय समिति बनाउने भन्नेबारे अध्यक्ष शेर्पाले केही खुलाउन चाहेनन् । अध्यक्ष शेर्पालाई भेट्नुअघि राष्ट्रिय टोलीबाट निस्किएका दश खेलाडीले आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका थिए ।  त्रिपुरेश्वरस्थ...
साउदी अरेबियाले पाकिस्तानलाई ८ अर्ब डलर आर्थिक सहायता दिने

साउदी अरेबियाले पाकिस्तानलाई ८ अर्ब डलर आर्थिक सहायता दिने

राजनीति
आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई साउदी अरबले ८ अर्ब डलर सहयोग गर्ने भएको छ।  साउदी अरबको भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफको भ्रमण टोलीले उक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको हो। Advertisement साउदी अरबको सहयोगले पाकिस्तानको अर्थतन्त्र सुधार्न सहयोग पुर्‍याउने विश्वास गरिएको समाचार संस्था पीटीआईले जनाएको छ।  पछिल्लो समय साउदी अरेबियाले पाकिस्तानलाई निरन्तर सहयोग गर्दै आएको छ।  आर्थिक संकटमा परेको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति गत महिना ११ अर्ब डलरभन्दा तल झरेको थियो। एक अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानले तेलको सहयोग १ अर्ब २० करोडबाट बढाएर २ अर्ब ४० करोड डलर पुर्‍याउने प्रस्ताव गरेको थियो।  त्यसमा साउदी अरेबिया सहमत देखिएको हो। साउदी अरेबियाले पूर्व प्रधानमन्त्री इमरान खानको कार्...