२०८२ मंसिर २२

‘बागी’लाई सघाएको आरोपमा एमालेबाट आठजना निष्काशित

झापा । नेकपा (एमाले) मेचीनगरले बागी उमेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठजनालाई कारबाही गरेको छ ।


Advertisement


मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उमेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उमेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उमेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए ।

पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उमेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी छन् । वडा नम्बर–२ का आधिकारिक उमेदवार दीपक बरालविरुद्ध बागी उमेदवारी दिएका तिलक न्यौपाने र उनको समर्थक बसेका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।

बागी उमेदवार न्यौपानेको प्रचारप्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईंलाई समेत अनुशासन उल्लंघन गरेको आरोपमा एमालेले कारबाही गरेको छ ।

वडा नम्बर–७ को वडाध्यक्ष पदमा एमालेका बागी उमेदवार नेत्रप्रसाद दाहाललाई समेत पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताए ।

Copy link
Powered by Social Snap