२०८१ बैशाख २३

वीरगञ्जमा गठबन्धनका राजेशमान ६ हजार ८०० मतले अगाडि

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका राजेशमान सिंहले मतान्तरलाई फराकिलो बनाउँदै गएका छन् । नेकपा (एमाले)का निवर्तमान मेयर विजय कुमार सरावगी ६ हजार ८७५ मतले पछाडि छन् ।


Advertisement


वीरगञ्ज महानगरपालिकाका १२ वटा वडाको २६ हजार ६९९ मत गणना गर्दासम्म सिंहले १३ हजार ८७८ मत पाएका छन् । एमालेका सरावगीले ७ हजार ३ मत पाएका छन् ।

पाँच हजार ९४८ मत बदर भएको छ भने २० हजार ७५१ मत सदर भएको छ ।

Copy link
Powered by Social Snap