२०८१ बैशाख १२

महिला तथा सामाजिक सुरक्षा समितिले दियो सरकारलाई निर्देशन

काठमाडौं ।  प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक सुरक्षा समितिले मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले आगामी आर्थिक वर्षको बजेटमा लैङ्गिक उत्तरदायित्वको पक्षलाई नीतिगत र व्यवहारिक रूपमा अधिक महत्त्व दिन सरकारलाई निर्देशन दिएको हो । 


Advertisement


बैठकमा निर्णय सुनाउँदै समितिकी सभापति निरुदेवी पालले बजेटका विभिन्न चरणमा लैङ्गिक परीक्षण गरेर आर्थिक नीति एवं राष्ट्रिय विकास नीतिहरूबाट परेको असरबारे जानकारी गराउँदै नियमित विश्लेषण गर्न पनि सरकारलाई सुझाव दिइन्  । उनले महिलाको स्वास्थ्यलाई हानी गर्ने प्रकिृतिका प्याडहरूलाई निरुत्साहित गर्न र प्याडको सरल, सहज र सुपथ मूल्यमा उपलब्ध हुने वातावरण बनाउन पनि समितिले सरकारलाई निर्देशन दिइन् । 

यसैगरी, बजेटलाई लक्षित वर्गसम्म पु¥याई प्रभावकारी कार्यान्वयन गर्न, महिला हिंसा न्यूनीकरण तथा  हक, अधिकार सुनिश्चितताको कार्यक्रमहरुलाई प्राथमिकता दिन पनि बैठकले निर्देशन गरेको बताइन् । घरेलु तथा साना उद्योग सञ्चालन गर्न आवश्यक ऋण अनुदान दिन पनि सरकारलाई निर्देशन दिइन् ।

प्याडको विकल्प तथा दीर्घकालीन सिल्कन कप जस्ता सामग्रीको उपयोगलाई प्रोत्साहन दिने नीति तथा कार्यक्रम तर्जुमा गर्न पनि महिला तथा सामाजिक सुरक्षा समितिले सरकारलाई निर्देशन दिएको छ । 

Copy link
Powered by Social Snap