२०८१ जेष्ठ ६

अमेरिका भ्रमणका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बुधबार आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको छ । 


Advertisement


अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृखलाका लागि घोषणा गरिएको टोलीमा सुनिल धमला र विनोद भण्डारीले पुनरागमन गरेका छन् । तथापि दुवै जना पछिल्लो समय खेलेको जिम्बाब्वे ‘ए’विरुद्धको टोलीमा भने थिए । आदील अन्सारी र किशोर महतोले भने पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । 

विश्वकप छनोटका रुपमा रहेको यस प्रतियोगिता ६ जुनदेखि १६ जुनसम्म हुनेछ । नेपालले पहिलो खेल ओमानविरुद्ध ९ जुनमा खेल्नेछ । दोस्रो खेल अमेरिकाविरुद्ध ११ जुनमा खेल्नेछ । ओमानविरुद्धको दोस्रो खेल नेपालले १४ जुनमा र अमेरिकाविरुद्धको दोस्रो खेल १५ जुनमा खेल्नेछ । 

पछिल्लो समय आईसीसी क्रिकेट विश्वकप लिग–२ कै लागि युएई भ्रमणमा रहेका विवेक यादव, भिम सार्की, कमलसिंह ऐरी र पवन सर्राफ अमेरिका भ्रमणमा हुनेछैनन् । नेपालमै पीएनजीविरुद्ध खेलेको टिमका सुशन भारी र गुल्सन झा पनि टोलीमा अटेका छैनन् । 

नेपाली टिमका खेलाडीहरू
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो, सागर ढकाल ।

Copy link
Powered by Social Snap