बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उमेदवारी
काठमाडौं । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका छन् । उनले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सदस्यमा उमेदवारी दर्ता गराएका हुन् ।
Advertisement
शुक्रबार एन्फाको अध्यक्षका लागि पंकजविक्रम नेम्वाड तथा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्कासहित पाँचजनाले केन्द्रीय सदस्यका लागि उमेदवारी दिएका छन् ।
पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भूमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्षदेखि बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन् । बाँके जिल्ला फुटबल संघमा सदस्यका रूपमा प्रवेश गरेका शाहीले दुई कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन ।
बाँकेमा सुरुआतमा उनले ओशोनिक क्लबमार्फत ग्रासरुट कार्यक्रम सञ्च...









