२०८३ बैशाख २५

Author: Senior Editor Nima

आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट अर्थमन्त्रीले कटौती गरेको मन्त्री आलेको गुनासो 

आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट अर्थमन्त्रीले कटौती गरेको मन्त्री आलेको गुनासो 

राजनीति
काठमाडौं‌ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन् ।  बुधबार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा आफूले कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपरेको बताउँदै उनले यसो गर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रियासमेत दिए ।  बजेटको आकार ९ दशमलव ८ प्रतिशत बढे पनि आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएको र यसैकारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकिएको आलेले स्पष्ट पारे ।  ...
एमालेबाहेक अरूले मुलुक समृद्ध बनाउन सक्दैनन् : ओली

एमालेबाहेक अरूले मुलुक समृद्ध बनाउन सक्दैनन् : ओली

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने जिकिर गरेका छन् । एमालेबाहेक अरू दलले मुलुकलाई समृद्ध बनाउन नसक्ने उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमालेबाहेकका अरू शक्तिले नसक्ने उनले बताए । एमालेजस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको उनले पटक–पटक दोहोर्‍याए । अध्यक्ष ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमाले नै चाहिएको भन्दै अरू...
स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

राजनीति
कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मिहिनेत गरेर काम गर्न निर्देशन दिए । उनले भने, “हामीले विजय हासिल गरेका १२१ पालिकालाई समाजवादी सत्ताका भ्रूणहरू...
असंगठित/स्वरोजगार मजदुरलाई तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा दायरामा ल्याउन चेतावनी

असंगठित/स्वरोजगार मजदुरलाई तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा दायरामा ल्याउन चेतावनी

अर्थतन्त्र, देश
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले असंगठित र स्वरोजगारको क्षेत्रमा रहेका मजदुरलाई पनि तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन सरकारलाई दबाब दिएको छ । एनटीयूसीको भोलिदेखि काठमाडौंमा सुरु हुने छैटौँ राष्ट्रिय सम्मेलनको जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा असंगठित र स्वरोजगार क्षेत्रमा रहेका मजदुरलाई तत्काल ल्याउन सरकारसँग पुनः माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एनटीयूसीका अध्यक्ष पुस्कर आचार्यले सरकारले तत्काल सो माग सम्बोधन नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ढिलाई भइरहेको भन्दै आपत्ति समेत जनाए । “सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारले निष्क्रियता देखिएक...
काठमाडौं–१६ का वडाध्यक्ष रिजालको घरमा प्रमुख बालेनको ‘लन्च मिटिङ’ 

काठमाडौं–१६ का वडाध्यक्ष रिजालको घरमा प्रमुख बालेनको ‘लन्च मिटिङ’ 

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरको काम–कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडाध्यक्षहरूसँग छलफल थालेका छन् । सोही क्रममा शनिबार उनले काठमाडौं–१६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालको बालाजुस्थित घरमै भेट्न पुगेका प्रमुख शाहले फोहोर व्यवस्थापन र महानगरका काम–कारबाहीका विषयमा सुझाव मागेका थिए । उनले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका थिए । कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका शाहले त्यहाँ झन्डै दुई घण्टा बिताएका थिए । ‘लन्च’सहितको सो ‘मिटिङ’मा वडाध्यक्ष रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरे । मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । रिजालले भने, “नगर प्रमुखज्यूसँग छलफल भएको हो, महानगरपालिका केन्द्रित छ...
खनालले भने– आठ महिनाभित्रै हाम्रो पार्टी राष्ट्रव्यापी बन्न सफल भयो

खनालले भने– आठ महिनाभित्रै हाम्रो पार्टी राष्ट्रव्यापी बन्न सफल भयो

राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मुल्याङ्कन र सम्मान गर्न नसकेको बताएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताएका हुन् ।  उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे । । १५ वडामा पनि तालमेल गर्दा सवै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाइ छ ।  खनालले बिद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनला...
कांग्रेस उपसभापति खड्काको आग्रह– फेरि पाँच वर्षपछि टिकट पाउनेगरी काम गर्नुस्

कांग्रेस उपसभापति खड्काको आग्रह– फेरि पाँच वर्षपछि टिकट पाउनेगरी काम गर्नुस्

राजनीति
बनेपा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् । कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको वाचालाई सम्झेर काम गर्न आग्रह गरे । “पाँच वर्षपछि  पुनः टिकट प्राप्त गर्नेगरी काम गर्नुस्,” उनले भने ।  कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जनताको बीचमा गरेको संकल्प, घोषणापत्र र प्रतिबद्धता सम्झेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । सो अवसरमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यहरूलाई सम्मान गरिएको थियो ।  ...
ठूला जलाशय आयोजना सरकारले आफैंले बनाउन सांसदको माग

ठूला जलाशय आयोजना सरकारले आफैंले बनाउन सांसदको माग

राजनीति
सांसदहरूले ठूला जलाशययुक्त आयोजना सरकारले आफ्नै बनाउन माग गरेका छन्।  प्रतिनिधि सभाको आजको बैठकमा सांसद गोकर्णराज विष्टले ठूला-ठूला जलाशय आयोजना सरकारले आफैं बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरेका हुन्। लामो समयसम्म वर्षायाम र सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्यकता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफैंले बनाउनुपर्ने उनको भनाइ थियो। ११२ वर्षमा दुई हजार १७१ मेगावाट मात्र बिजुली उत्पादन गरेको भन्दै उनले भने, ‘११२ वर्षमा हामीले दुई १७१ मेगावाटमात्र बिजुली उत्पादन गरेका छौं। ११२ वर्षको अवधिमा हामीले कुरा मात्र गरौं। कतै विकासको गफ गर्दागर्दै हामी समाप्त हुनेवाला त छैनौं?’                                    उनले पश्चिम सेती र बूढीगण्डकीजस्ता ठूला आयोजना बेवारिसे बनेको भन्दै सरकारले आफैं बनाउनका लागि अग्रसर हुनुपर्...
गण्डकीका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

गण्डकीका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

राजनीति
गण्डकी । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा गण्डकी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण दिइएको छ । स्थानीय सरकार सञ्चालनमा जनप्रतिनिधिलाई काम, कर्तव्य अधिकारसँगै जिम्मेवारी, दायित्वलगायत विषयमा जानकारी दिने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई सहज, सरल एवं प्रभावकारी सेवा प्रवाह गर्नु जनप्रतिनिधिको दायित्व भएको बताए । समृद्ध गण्डकी प्रदेशको सपनालाई साकार पार्न एकापसमा सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पालिका–पालिकाबिचको सहयोग आदानप्रदान एवं सहकार्यलाई अघि बढाउनुपर्ने बताए ।  प्रदेशको समृद्धिसँग जोडिएको कोरोला–त्रिवेणी सड...
प्रणाली पछ्याएर कानुनको पालना गरे बेरुजु घट्छ : मेयर साह 

प्रणाली पछ्याएर कानुनको पालना गरे बेरुजु घट्छ : मेयर साह 

राजनीति
काठमाडौं । प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भए मात्रै बेरुजुको मात्रा घट्ने काठमाडौं‌ महानगरका मेयर बालेन्द्र साह (बालेन) ले बताएका छन् । आज आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाइले वडासचिव, लेखापाल र इन्जिनियरहरूसँग गरेको अन्तर्क्रियाका क्रममा मेयर बालेनले यस्तो बताएका हुन् ।  “सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्,” मेयर शाहले भने, “वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ ।” अन्तर्क्रियामा उपमेयर सुनीता डंगोलले, हतारमा काम नगर्न सुझाव दिइन् ।  “भोलि बेरुजु देखिने गरी काम गर्नुहुँदैन । अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नुनपरोस्,” उनले भनिन् । अन्तर्क्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लो...