२०८२ मंसिर २४

आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट अर्थमन्त्रीले कटौती गरेको मन्त्री आलेको गुनासो




काठमाडौं‌ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन् ।



Advertisement



बुधबार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा आफूले कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपरेको बताउँदै उनले यसो गर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रियासमेत दिए ।

बजेटको आकार ९ दशमलव ८ प्रतिशत बढे पनि आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएको र यसैकारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकिएको आलेले स्पष्ट पारे । 

Copy link