२०८३ बैशाख २५

Author: Senior Editor Nima

जिसस पर्सामा जसपा र एमाले गठबन्धन प्यानलसहित विजयी

जिसस पर्सामा जसपा र एमाले गठबन्धन प्यानलसहित विजयी

राजनीति
वीरगञ्ज । जिल्ला समन्वय समिति (जिसस) पर्साको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका साझा उमेदवार निरञ्जन सा (अजय) सोनार प्यानलसहित विजयी भएका छन् । जिसस पर्साको शुक्रबार सम्पन्न निर्वाचनमा २ मतका अन्तारले सोनार प्रमुखमा निर्वाचित भएका हुन् । उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उमेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् । उपसभापतिमा एमोलका पूर्णप्रसाद कुर्मी, सदस्यमा जसपाका वैजयन्ती देवी, राजपति देवी, विनयप्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशीला कामी, रामप्रसाद यादव र सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् । अरु सबैले १५ मत पाउँदा जसपाका विनयप्रसाद कुर्मीले भने १६ मत प्राप्त गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये १ महानगर...
नेपाल कुनै शक्ति राष्ट्रसँग नजिक बन्न खोजिरहेको हो कि भन्ने आशंका बढिरहेको छ : डिला संग्रौला

नेपाल कुनै शक्ति राष्ट्रसँग नजिक बन्न खोजिरहेको हो कि भन्ने आशंका बढिरहेको छ : डिला संग्रौला

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपाल कुनै शक्ति राष्ट्रसँग नजिक बन्न खोजिरहेको हो कि भन्ने आशंका बढिरहेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा मूल मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गरी परराष्ट्र नीति सञ्चालन गर्न माग गरिन् ।  “कुनै पनि छिमेकी तथा विश्व शक्ति राष्ट्रसँग धेरै नजिक वा धेरै टाढाको सम्बन्ध नराखेर राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा र मूल मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गरी हाम्रो विदेश नीति सञ्चालन गर्न म सरकारलाई आग्रह गर्दछु,” उनले भनिन् । संग्रौलाले नेपालका सबै कूटनीतिक नियोगहरूको ‘पर्फर्मेन्स अडिट’ गर्न, अनावश्यक नियोगहरूलाई बन्द गर्न र भर्चुअल कूटनीति सञ्चालन गर्नेतर्फ जोड दिनुपर्ने बताइन् । ...
धरानमा आविष्कार केन्द्रको शाखा खोल्ने हर्क साम्पाङको घोषणा, सर्त मान्नुपर्छ : महावीर पुन

धरानमा आविष्कार केन्द्रको शाखा खोल्ने हर्क साम्पाङको घोषणा, सर्त मान्नुपर्छ : महावीर पुन

राजनीति
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने जानकारी दिएका हुन् । "राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिने छ । हामी गृहकार्यमा जुट्दैछौँ," उनले भनेका छन् । राष्ट्रिय आविष्कार केन्द्र सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनको नेतृत्वमा २०७६ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सञ्चालनमा आएको हो । जसले वैज्ञानिक, स्टार्टअपसहित उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्दै आएको छ ।  तर, आविष्कार केन्द्रका संस्थापक पुन अहिले आफूलाई यसबारे कुनै जानकारी नभएको बताउँछन् । यद्यपि मेयर साम्पाङको पहल सकारात्मक रहेको उनको भनाइ छ । ...
बालेनलाई बोलाएर देउवाले भने– स्थानीयसँग छलफल गरेर फोहोरको दिर्घकालीन समाधान खोज्नू

बालेनलाई बोलाएर देउवाले भने– स्थानीयसँग छलफल गरेर फोहोरको दिर्घकालीन समाधान खोज्नू

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई बोलाएर जानकारी लिएका छन् । बिहीबार साँझ बालेनलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताए । साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरे । गत मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउने भनिएपनि सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् । फोहोर नउठेपछि सरकारको आलोचना हुन थालेको छ ।  बिहीबारमात्र संसद्मा सांसहरूले फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानार्षण गराएका थिए । शुक्रबार सहरी विकास मन्त्रालयमा स्थानीयसँग छलफल गर्ने तय भएको छ । ...
लुम्बिनी प्रदेश सभा : प्रहरी सेवा र सञ्चारसम्बन्धी विधेयक विषयगत समितिमा पठाइयो

लुम्बिनी प्रदेश सभा : प्रहरी सेवा र सञ्चारसम्बन्धी विधेयक विषयगत समितिमा पठाइयो

राजनीति
बुटवल । लुम्बिनी प्रदेश सभा बैठकले प्रहरी सेवा र सञ्चार माध्यम सम्बन्धनमा बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रस्तुत गरेको विधेयकमाथिको दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाबाट पारित हुँदै विषयगत समितिमा पठाइएको हो। विषयगत समितिले आवश्यकताका आधारमा परिमार्जन गर्नेछन् । योसँगै अब मिडियालाई प्रदेशबाट नै अनुगमन गर्ने बाटो खुल्ने छ भने प्रदेश प्रहरी सञ्चालन र गठन गर्ने बाटो खुल्ने छ । बिहीबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खाँनले नीति कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मत पारित भएको छ । खानको प्रस्तावको समर्थन प्रदेश सभा सदस्य पार्वती पुन गहतराजले गरेकी थिइन् । बैठकको सुरुमा नै मुख्यमन्त्री कुलप्रसाद केसी...
सामान्य प्रशासनमन्त्रीमाथि कार्यकक्षमै सांसदले गरे हातपातको प्रयास !

सामान्य प्रशासनमन्त्रीमाथि कार्यकक्षमै सांसदले गरे हातपातको प्रयास !

राजनीति
काठमाडौं । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठमाथि उनकै पार्टीका एक सांसदले हातपातको प्रयास गरेका छन् । सोही पार्टीका सांसद रामबाबु यादवले उनीमाथि हातपातको प्रयास गरेका हुन् । आफूले भनेका कुनै पनि योजना बजेटमा समावेश नगरिदिएको भन्दै सांसद यादवले मन्त्रीमाथि हातपातको प्रयास गरेका हुन् । “सडक, पूल, खानेपानीलगायतका योजना उहाँलाई नै टिपाएको हुँ,” सांसद यादवले भने, “तर एउटा पनि योजना बजेटमा समावेश भएन । किन परेन भनेर सोध्दा तपाईंले टिपाउनुभएन होला भन्ने जवाफ आयो ।” सांसद यादवले आफूले टिपाएको या नटिपाएको भन्दै पत्र हेर्न आग्रह गरेका थिए । “मन्त्रीज्यूले पनि बेलामा टिपाउनुभएन भन्नुभयो, कर्मचारीले पनि बेलामा टिपाउनुभएन होला भन्दै मन्त्रीको नै बचाउ गरे,” यादवले भने, “मैले मितिसहित टिपाएको कुरा मन्त्रीको कार्यकक्षमै भेटियो ।” सांसद यादवले आफू प्रत्यक्षबाट आए...
अमेरिकी सैनिक अधिकारीहरूको नेपाल भ्रमणबारे सदनलाई जानकारी गराउन माग

अमेरिकी सैनिक अधिकारीहरूको नेपाल भ्रमणबारे सदनलाई जानकारी गराउन माग

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सैनिक अधिकारीहरूको नेपाल भ्रमण र नेपालका प्रधानसेनापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा उनले अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका जनरलका साथै अन्य सैनिक अधिकारीहरूको नेपाल भ्रमण र नेपालबाट हुने लागेको अमेरिका भ्रमणले आशंका पैदा भएको बताए । यसबारले सरकारले सदनमा जानकारी गराउनुपर्ने उनको माग छ ।  अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसिप सम्झौताका लागि दबाब दिन खोजिएको भन्ने चर्चाका विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । त्यस्तै छलफलमा भाग लिँदै उनले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्ष...
कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त

कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त

राजनीति
काठमाडौं । कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनलाई संविधानको धारा २८२ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रदेश १ को नामकरणका लागि एमालेले औपचारिक पहल थाल्यो, पाँच सदस्यीय संसदीय समिति गठन

प्रदेश १ को नामकरणका लागि एमालेले औपचारिक पहल थाल्यो, पाँच सदस्यीय संसदीय समिति गठन

राजनीति
विराटनगर । प्रदेश नम्बर १ को नामकरणको विषयमा प्रमुख विपक्षी नेकपा एमालेले औपचारिक छलफल सुरु गरेको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशको नामाकरण राख्ने विषयमा  सहजीकरण गर्न संसदीय समिति गठन गरेको छ । एमालेले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने, “नामका विषयमा अहिले विभिन्न ढंगले छलफल गर्नुपर्ने भएकोले संसदीय समिति गठन गरेर हामीले यसबारे अघि बढ्ने निर्णय गरेका हौँ ।” एमालेले गठन गरेको समितिको सदस्यमा एमालेका सांसद जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई रहेका छन् । समितिले प्रदेशको नाम राख्ने विषयमा पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने बताइएको छ । अहिले प्रदेश नम्बर एकको हि...
भोलिसम्म हाम्रो सपथ हुन्छ : मेटमणि चौधरी 

भोलिसम्म हाम्रो सपथ हुन्छ : मेटमणि चौधरी 

राजनीति
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् । उनले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको बताए । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए । उनले भने, “पार्टीले निर्णय गर्‍यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर आज हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका ...