२०८१ बैशाख १७

एमालेबाहेक अरूले मुलुक समृद्ध बनाउन सक्दैनन् : ओली




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने जिकिर गरेका छन् । एमालेबाहेक अरू दलले मुलुकलाई समृद्ध बनाउन नसक्ने उनको भनाइ छ ।



Advertisement



स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमालेबाहेकका अरू शक्तिले नसक्ने उनले बताए ।

एमालेजस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको उनले पटक–पटक दोहोर्‍याए ।

अध्यक्ष ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमाले नै चाहिएको भन्दै अरू पार्टीहरूले त्यो गर्न नसक्ने बताए । आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने उनले उल्लेख गरे ।

Copy link
Powered by Social Snap