२०८१ जेष्ठ ६

कांग्रेस उपसभापति खड्काको आग्रह– फेरि पाँच वर्षपछि टिकट पाउनेगरी काम गर्नुस्




बनेपा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् ।



Advertisement



कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको वाचालाई सम्झेर काम गर्न आग्रह गरे ।

“पाँच वर्षपछि  पुनः टिकट प्राप्त गर्नेगरी काम गर्नुस्,” उनले भने । 

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जनताको बीचमा गरेको संकल्प, घोषणापत्र र प्रतिबद्धता सम्झेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

सो अवसरमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यहरूलाई सम्मान गरिएको थियो । 

Copy link
Powered by Social Snap