२०८३ बैशाख २५

Author: Senior Editor Nima

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय चुनाव हुने

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय चुनाव हुने

राजनीति
बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय चुनाव हुने भएको छ। प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार असार २३ मा स्थानीय चुनाव गर्ने सर्वदलीय सहमति भएको छ। ‘आज बसेको सर्वदलीय बैठकले असार २३ गते बिहीबार पुन: निर्वाचन गर्ने सहमति भएको छ,’ उनले भने। सर्वदलीय सहमतिको निर्णयअनुसार निर्वाचन अधिकृत कार्यालयले आधिकारिक रूपमा आजै निर्वाचनको मिति तोक्नेछ। यहाँ वैशाख ३० मा स्थानीय चुनाव भए पनि 'बुथ कब्जा' भएको भन्दै निर्वाचन आयोगले पुन: निर्वाचनको घोषणा गरेको थियो।  यहाँ मेयर पदमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ उम्मेदवार थिए। उपप्रमुखमा भने एमालेकी मायाकुमारी खड्का र कांग्रेसकी रिता शाही शाह उम्मेदवार थिए। दलहरूबीच सहमति नहुँदा निर्वाचन मिति तय हुन सकेको थिएन। ...
प्रदेश १ को नाम राख्न एमालेले खोज्यो कांग्रेसको साथ

प्रदेश १ को नाम राख्न एमालेले खोज्यो कांग्रेसको साथ

राजनीति
विराटनगर । प्रदेश नम्बर १ को नामकरणको विषय टुंगोमा लगाउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ खोजेको छ । प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले बिहीबार प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशको नाम राख्न कांग्रेसले साथ दिए साझा धारणा बनाएर अघि बढ्न समस्या नभएको बताए ।  राईले भने, “खासमा हामीले नीति तथा कार्यक्रममै नामको विषयमा प्रदेश सरकारले पहल गर्छ भन्ने विश्वास लिएका थियौँ । तर त्यसमा नामकरणको विषय उल्लेख भएन । त्यसैले अब ठूलो दलको नाताले कांग्रेसले एमालेलाई साथ दिए यही अधिवेशनमा नाम राख्न सकिन्छ ।” राईले कांग्रेसले साथ दिए दुई तिहाइका लागि अपुग भएको संख्या एमालेले पूरा गर्न सक्ने दाबी गरे । उनले दुई तिहाइका लागि अपुग हुने तीनदेखि चार मतका लागि ...
आर्थिक विधेयकको सैद्धान्तिक छलफल सुरु 

आर्थिक विधेयकको सैद्धान्तिक छलफल सुरु 

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७९ माथि छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।  त्यसपछि, विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ । बैठकमा विनियोजन विधेयक बहुमतले पारित भएको छ । 
सांसदले प्रधानमन्त्री खोजेको खोज्यै, देउवा एनआरएनएको कार्यक्रममा व्यस्त 

सांसदले प्रधानमन्त्री खोजेको खोज्यै, देउवा एनआरएनएको कार्यक्रममा व्यस्त 

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बिहीबार रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपति र उपपराष्ट्रपतिको कार्यालयका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्री देउवा संसद् बैठकमा उपस्थित भएनन् । संसद् बैठक जारी रहँदा उनी काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा सहभागी भए । देउवा बैठकमा नआएपछि उनको प्रतिनिधित्व गर्दै गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलका क्रममा उठाइएका जिज्ञासाको जवाफ दिए । बैठकमा सांसदहरूले प्रधानमन्त्री किन उपस्थित नभएको भन्दै प्रश्न उठाए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री बिरामी भएको भए कुन अस्पताल भर्ना भएको हो, जानकारी दिन माग गरे । “न...
स्वास्थ्यमा सुधार आएपछि राज्यमन्त्री विमला वली अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा सुधार आएपछि राज्यमन्त्री विमला वली अस्पतालबाट डिस्चार्ज

राजनीति
बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।मंगलबार राति करिब १२ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वलीलाई आज डिस्चार्ज गरिएको  अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए । अहिले उनको अवस्था स्थिर रहेको र औषधि सेवन गर्नेगरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  उनी निकट स्रोतकाअनुसार यतिबेला उनी बुटवलस्थित आफ्नै निवासमा छिन् । मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा उनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मंगलबार राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा उनलाई बुटवलमा ल्याइएको थियो । यो घटनाबारे छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले तीन सदस्यीय कार्यदल नै बनाएको छ । ...
अमेरिकी दूतावासले भन्यो– नेपालसँग सैन्य गठबन्धनका लागि अमेरिकाले प्रस्ताव गरेको छैन

अमेरिकी दूतावासले भन्यो– नेपालसँग सैन्य गठबन्धनका लागि अमेरिकाले प्रस्ताव गरेको छैन

राजनीति
काठमाडौं । अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन दबाब नदिएको दाबी गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको जनाएको छ । साथै उसले सैन्य गठबन्धनका लागि प्रस्तावसमेत नगरिएको दाबी गरेको छ । पछिल्लो केही दिनयता नेपालले अमेरिकासँग सैन्य गठबन्धनमा सहभागी हुने तयारी गरेको चर्चा चलिरहेको छ । जसलाई लिएर सरकारको आलोचना भइरहेको छ । अमेरिकी दूतावासले 'तथ्य' शीर्षक दिएर सामाजिक सञ्जालमार्फत नेपाल र अमेरिकाबीच १० बुँदे सहमति नभएको, अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुन दबाब नदिएको तथा नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको र प्रस्तावसमेत नगरिएको जनाएको हो । ...
नेकपा एसको निर्णय– बजेट पारितलगत्तै मन्त्री फिर्ता बोलाउने, नयाँ पठाउने 

नेकपा एसको निर्णय– बजेट पारितलगत्तै मन्त्री फिर्ता बोलाउने, नयाँ पठाउने 

राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पारित गरेलगत्तै नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको छ । सो पार्टीको दुईदिनसम्म बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले निर्णय सुनाउँदै यस्तो जानकारी दिएका हुन् । “यसअघि सचिवालयले गरेको निर्णय अनुमोदन गरेका छौं,” उनले भने, “बजेट प्रक्रिया सकिनासाथ नयाँ मन्त्री पठाउनेछौं ।” त्यसैगरी नेकपा एसले पार्टीको पोलिट्ब्युरो, केन्द्रीय र केन्द्रीय परिषद बैठक बोलाएको छ । बैठकले राष्ट्रिय हितविपरीतका कुनै पनि सम्झौता गर्न नहुने निष्कर्ष निकाल्दै गठबन्धन अर्को निर्वाचनसम्म कायमै राख्ने निर्णय गरेको छ । ...
स्वास्थ्य बिमा बोर्ड खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउन सकिन्न : स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमा बोर्ड खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउन सकिन्न : स्वास्थ्यमन्त्री

राजनीति
काठमाडौं‌ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन् ।  बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको स्वास्थ्य बिमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका हुन् ।  उनले स्वास्थ्य बिमा कार्यक्रम, ऐनअनुसार नै आफू अगाडि बढ्ने भन्दै निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरूबाट ७० थरी बाँड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाँड्न थालिएको मन्त्रीले खतिवडाले बताए । उनले स्वास्थ्य बिमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी द...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध छु : आले

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध छु : आले

राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर सो विमानस्थल बनाउनैपर्ने अवस्था रहेको बताए ।  मन्त्री आलेले सो विमानस्थल निर्माणका लागि २६ करोड बजेट न्यून भएको उल्लेख गर्दै थप बजेट अर्थ मन्त्रालयले निकासा गर्ने विश्वाससमेत व्यक्त गरे । ...
स्वास्थ्यमन्त्री खतिवडालाई योगेशको कटाक्ष- यो संसद् बैठक हो, कुस्ती खेल्ने मैदान हैन 

स्वास्थ्यमन्त्री खतिवडालाई योगेशको कटाक्ष- यो संसद् बैठक हो, कुस्ती खेल्ने मैदान हैन 

राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई संसद् बैठकमा मर्यादित भएर जवाफ दिन आग्रह गरेका छन् ।  बुधबारको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्यमन्त्रीलाई प्रश्न सोध्दै उनले मर्यादाको भाषा अपेक्षा गरेको “उहाँ संसद्को पुरानो सदस्य पनि हो । मैले उहाँबाट मर्यादा र शिष्ट भाषाको अपेक्षा गरेको थिएँ । उहाँले ठिक विपरीत संसद्लाई कुस्ती खेल्ने ठाउँ सम्झेर जवाफ दिनुभएको छ । म स्वास्थ्यमन्त्रीज्यूको धानाकर्षण गराउँछु,” उनले भने,“यो प्रतिनिधि सभा हो कुस्ती खेल्ने ठाउँ होइन । तपाईं क्विन्टल हुनुहुन्छ होला किलोवाला सांसद तपाईंसँग झगडा गर्न चाहेका हैनन् , जवाफ चाहेका हुन् ।”  उनले बजेट वक्तव्यबाट स्वास्थ्य बिमा निजी कम्पनीलाई गर्न दिने प्रावधान हट्यो कि हटेन भन्दै जवाफ माग गरे । ...