२०८१ जेष्ठ ४

सदनमा तटस्थताको भूमिका निर्वाह गर्छु : पुष्पा भुसाल




काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दार भएर निर्वाह गर्ने बताएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने बताइन् ।



Advertisement



उनले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताइन् ।

“निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरू थपिएको छ । संविधानको कार्यान्वयनका लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नको लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउनको लागि, मुलुकको आर्थिक समृद्धिको लागि र मलाई के लाग्छ भने सदनमा एउटा तटस्थताको भूमिकालाई निर्वाह गर्नका लागि जुन जिम्मेवारी थपिएको छ । त्यसलाई इमान्दारीपूर्वक निर्वाह गर्नेछु,” उनले भनिन् ।
 

Copy link
Powered by Social Snap