२०८१ बैशाख २४

सरकारका धेरै नराम्रा काम छन्, कुन जनतालाई भन्ने चिन्ता लाग्न थाल्यो : सुवास नेम्वाङ




काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले आगामी निर्वाचनमा सरकारले गरेका एक–एक हिसाब लिएर जनतामाझ जाने बताएका छन् । शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सरकारले गरेका गलत कामहरूको बहीखाता नै तयार भएको भन्दै आगामी निर्वाचनमा जनतालाई हिसाबकिताब बुझाउने बताए ।



Advertisement



उनले सरकारले गलत गरेका धेरै कामहरू रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको बताए । नेम्वाङले अब समयमा नै निर्वाचन हुनुपर्ने र जनताले आफ्नो कुरा भयरहित ढंगले भन्न पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे ।

उनले अहिलेको गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहना राखेको धारणा पनि बताए ।

त्यस्तै एमाले नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेको तर्क गरे । केही महिनापछि आम निर्वाचन गर्ने तयारी रहेका बेला अहिले विधि पुर्‍यानका लागि वा सत्ताको भित्री खेलमा उपसभामुख चयन भएको देखिएको उनको भनाइ छ ।

Copy link
Powered by Social Snap