२०८३ बैशाख २४

Author: Senior Editor Nima

देउवाले सुदूरपश्चिमका नेताहरूसँग भने– गठबन्धन पूर्णरूपमा लागु हुन्छ, विकासमा सहकार्य हुन्छ

देउवाले सुदूरपश्चिमका नेताहरूसँग भने– गठबन्धन पूर्णरूपमा लागु हुन्छ, विकासमा सहकार्य हुन्छ

राजनीति
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा सुदूरपश्चिममा गठबन्धन पूर्णरूपमा लागु हुने बताएका छन् । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोबिन्द बोहोरासँगको भेटमा देउवाले गठबन्धन पूर्णरूपमा लागु हुने बताएका हुन् ।  देउवाले गहन गृहकार्य, सहकार्य तथा छलफल गरेर मात्रै गठबन्धनको विषयमा निर्णय लिने बताएका छन् ।  सुदूरपश्चिको विकास र ठुला परियोजना ल्याउनमा आफ्नो महत्त्वपूर्ण भुमिका रहेको बताउँदै प्रधानमन्त्री देउवाले  प्रदेशका लागि गेटा मेडिकल कजेज, सेती प्रादेशिक अस्पताल स्तरोन्नतिमा कुनै कसुर बाँकी नराख्ने बताए । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले भेटमा सुदूरपश्चिम प्रदेशको अबको चुनावी गठबन्धनबारे छलफल भएको बताए । उनले  स्थानीय तहको...
अब बाबुराम भट्टराईकाे नयाँ पार्टी ‘नेपाल समाजवादी’

अब बाबुराम भट्टराईकाे नयाँ पार्टी ‘नेपाल समाजवादी’

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट हटाइएका डा. बाबुराम भट्टराईले नयाँ दल गठनको प्रक्रिया अगाडि बढाएका छन् । उनले दीपक लामिछाने नेतृत्वको समावेशी लाेकतान्त्रिक पार्टीकाे नाम फेर्न लगाएर नेपाल समाजवादी पार्टी बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । बिहीबार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तनका लागि निर्वाचन आयोगमा परेको निवेदन स्वीकृत भएर नयाँ नामलाई स्वीकृत गरिएको छ । नयाँ नाम नेपाल समाजवादी राखिएको छ । तर, भट्टराई अहिलेसम्म उक्त पार्टीमा गइसकेका छैनन् । नेपाल समाजवादीले‍ चुनाव चिह्न आँखा पाएको छ । ...
सरकारको आलोचना गर्दै शेखरले भने–देशमा सुशासन छँदै छैन भनेपनि हुन्छ

सरकारको आलोचना गर्दै शेखरले भने–देशमा सुशासन छँदै छैन भनेपनि हुन्छ

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् ।  बिहीवार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए ।  “देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ । श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ,” उनले भने, “यो देशमा सुशासन छँदै छैन भनेपनि हुन्छ ।” उनले अहिलेका राजनीतिकर्मीहरू जनताबाट धेरै टाढा भइसकेको भन्दै राजनीतिक गर्नेहरू जनतासँग जोडिन आवश्यक रहेको बताए ।  नेता काेइरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रह...
मापदण्ड मिचेर जिल्ला न्यायाधीशको ‘सर्ट लिस्टिङ’ !

मापदण्ड मिचेर जिल्ला न्यायाधीशको ‘सर्ट लिस्टिङ’ !

राजनीति
काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीश पदपूर्तिका लागि गरेको सर्टलिस्टिङप्रति असन्तुष्टि बढेको छ ।  जिल्ला न्यायाधीश सिफारिसको मापदण्ड अनुशरण नगरी सर्ट लिस्टिङ भएको भन्दै असन्तुष्टि बढेको हो ।  परिषद्ले असार २७ गते रिक्त २१ जिल्ला न्यायाधीशको पदपूर्तीका लागि सूचना प्रकाशित गरेको थियो ।  जसमा २०२ जनाले आवेदन दिएका थिए । परिषद् सचिवालयले साउन १० गते ती आवेदनमध्ये ६३ जनाको ‘सर्ट लिस्टिङ’ सार्वजनिक भएको थियो ।  संक्षिप्त सूचीमा न्यायपरिषद्ले छनोटको मापदण्ड लागू नगरेको असन्तुष्टहरुको आरोप छ ।  न्यायपरिषद्को बुलेटिनमा समावेश भएका सिनियरहरुलाई नाघेर जुनियरहरुलाई सर्ट लिस्टमा पारेको उनीहरुको आरोप छ ।  “सर्ट लिस्ट के आधारमा गरेको त ? जेष्ठताको आधारमा गरेको भए त्यहीअनुसार आउनुपर्ने । त्यो पनि देखिँदैन,” आवेदन दिएकामध्ये एक सिनियरको गुनासो छ, “कुन ...
रामचन्द्र पौडेल र भारतीय राजदूतबीच भेटवार्ता 

रामचन्द्र पौडेल र भारतीय राजदूतबीच भेटवार्ता 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता भएको छ । राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन् । नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको जनाएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ । भेटका क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए । ...
अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा

राजनीति
काठमाडौं । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार नेपाल आएका छन् ।  दुई दिने भ्रमणका लागि लू बिहीबार अपरान्ह काठमाडौं झरेका हुन् । नेपाल रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, उनी एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ । सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण नियमित भएको नेपालस्थित अमेरिकन दूतावासले जनाएको छ ।  ...
नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित 

नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित 

राजनीति
काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो । बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि सभाको बहुमतबाट विधेयक पारित गरिएको हो । विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल राजपत्रमा प्रकाशित गरिएसँगै कार्यान्वयन हुनेछ । ...
शेखरले भने– किसानको समस्या बुझेको छ, तीनै तहका सरकारसमक्ष पहल गर्छु

शेखरले भने– किसानको समस्या बुझेको छ, तीनै तहका सरकारसमक्ष पहल गर्छु

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किसानसँग संवाद गरेका छन् । बुधबार पर्साको सुवर्णपुरमा कांग्रेस नेताहरू सञ्जय गौतम र रामकृष्ण यादवका साथ उनले किसानहरूसँग छलफल गरेका हुन् । त्यसक्रममा किसानले बाली लगाउने समयमा मलखादको अभाव र चर्को मूल्यवृद्धिको विषय उठाएका थिए । किसानले खेतीका लागि आवश्यक पानी र नहरको स्थायी व्यवस्थाका लागि पहल गरिदिन पनि माग गरे । नेता डा. कोइरालाले किसानको समस्या आफूले नजिकबाट बुझेको भन्दै गुनासो सम्बोधनका लागि तीनै तहका सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ...
राजा राखेरै देशलाई समृद्ध बनाउन सकिन्छ : राजेन्द्र लिङ्देन

राजा राखेरै देशलाई समृद्ध बनाउन सकिन्छ : राजेन्द्र लिङ्देन

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजादेखि कोही डराउनुनपर्ने बताए । यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।  उनले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकीय भूमिकामा राजा रहनुपर्ने बताए । देशको बोझको रूपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरूलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताए । उनले स्वतन्त्रताको नाममा अभिभावकविहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरे । ...
निमोनिया देखिएपछि कांग्रेस नेता प्रदिप गिरि अस्पताल भर्ना 

निमोनिया देखिएपछि कांग्रेस नेता प्रदिप गिरि अस्पताल भर्ना 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरि अस्पताल भर्ना भएका छन् ।  उनलाई निमोनियाको संक्रमण भएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको छ । “उहाँलाई आज निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको हो,” पत्रकार किशोर नेपालले भने, “डाक्टरले उहाँको स्वास्थ्य सुधार हुँदैछ भोलिसम्म हामी भेट गर्न दिन्छौँ भनेको छ ।” उनले आफूले गिरिलाई भेट गरेर फर्किएको जानकारी दिए । क्यान्सर पीडित गिरीले लामो समय भारतमा उपचार गराएका थिए । उनी आइतबार मात्र नेपाल फर्किएको पत्रकार नेपालले जानकारी दिए ।  ...