२०८१ बैशाख १३

शेखरले भने– किसानको समस्या बुझेको छ, तीनै तहका सरकारसमक्ष पहल गर्छु




काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किसानसँग संवाद गरेका छन् । बुधबार पर्साको सुवर्णपुरमा कांग्रेस नेताहरू सञ्जय गौतम र रामकृष्ण यादवका साथ उनले किसानहरूसँग छलफल गरेका हुन् ।



Advertisement



त्यसक्रममा किसानले बाली लगाउने समयमा मलखादको अभाव र चर्को मूल्यवृद्धिको विषय उठाएका थिए । किसानले खेतीका लागि आवश्यक पानी र नहरको स्थायी व्यवस्थाका लागि पहल गरिदिन पनि माग गरे ।

नेता डा. कोइरालाले किसानको समस्या आफूले नजिकबाट बुझेको भन्दै गुनासो सम्बोधनका लागि तीनै तहका सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Copy link
Powered by Social Snap