२०८१ बैशाख १३

नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित 




काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो ।



Advertisement



बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि सभाको बहुमतबाट विधेयक पारित गरिएको हो ।

विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल राजपत्रमा प्रकाशित गरिएसँगै कार्यान्वयन हुनेछ ।

Copy link
Powered by Social Snap