२०८२ माघ १८

Author: Raunak

प्रतिनिधिसभा विघटन मुद्दामा अन्तरिम आदेश भएन, सरकारसँग लिखित जवाफ माग

प्रतिनिधिसभा विघटन मुद्दामा अन्तरिम आदेश भएन, सरकारसँग लिखित जवाफ माग

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापालाई न्यायाधीश ईश्वर खतिवडाले साोधेका थिए–‘अन्तरिमा आदेश पनि माग्नुभएको छ, आधार के छन् ?’ Advertisement थापाले प्रधानमन्त्री संवैधानिक रुपमा पदमुक्त भएको दावी गर्दै अन्तरिम आदेश हुनुपर्ने जिकिर गरेका थिए । तर, संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  संवैधानिक इजलासले प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपति कार्यालयसँग विघटन गर्नुपर्ने कारण माग गर्दै असार ८ गतेभित्र लिखित जवाफ मागेको छ । लिखित जवाफ आएपछि निरन्तर सुनुवाई गरिने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा जानकारी गराएका छन् । यसैबीच न्यायाधीश ईश्वर खतिवडाले विघटन विरुद्धका  २९ वटा रिट एकातिर र शेरबहादुर देउवासहितका ...
कानुनविपरीत कुनै काम नगर्न गण्डकी प्रदेश प्रमुखलाई विपक्षी गठबन्धनको ध्यानाकर्षण

कानुनविपरीत कुनै काम नगर्न गण्डकी प्रदेश प्रमुखलाई विपक्षी गठबन्धनको ध्यानाकर्षण

देश, राजनीति, समाचार
गण्डकी प्रदेशसभाका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग भेट गरेका छन् । बुधबार प्रदेशसभामा विपक्षी काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुख पौडेललाई भेट गरेका हुन् । यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १८४ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गरेको थियो.। तर राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको नक्कली हस्ताक्षर भएको विज्ञप्ति आएपछि त्यसैलाई आधार मानेर प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्त नगरेको प्रति विपक्षी दलले ध्यानाकर्षण गराएको बताएका छन् । Advertisement बिहीबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदै छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा विपक्षी दलहरुले प्रदेश प्रमुखलाई भेटेर...
संवैधानिक इजलासबाट दुई न्यायाधीश भट्टराई र कार्की नहट्ने निर्णय

संवैधानिक इजलासबाट दुई न्यायाधीश भट्टराई र कार्की नहट्ने निर्णय

देश, राजनीति, समाचार
संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश नहट्ने भएका छन् । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् ।  Advertisement आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् । यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् ।  यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई  आधा घण्टाको समय दिइएको छ ।  साभार: रातोपाटी ...
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।  संवैधानिक इजलासमा प्रधान न्यायाधीशको नेतृत्वमा पाँचजना न्यायाधीश छन् । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा सुनुवाई शुरु भएको हो ।  Advertisement आजको इजलासमा न्यायाधीश कार्की र भट्टराईले इजलासबाट बाहेक हुने वा नहुने भन्नेबारे राय दिनेछन् । इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् ।  सरकार पक्षका कानुन व्यवसायीले वैशाख जेठ १८ मा कार्की र भट्टराईले आफुलाई बाहेक गर्ने निर्णय गरेको हुनाले फेरी सुनुवाइमा सहभागी नहुन दबाव दिएका थिए ।   विघटन बिरुद्ध परेका ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स...
इलाममा जङ्गली च्याउ खाएर २ जनाको मृत्यु

इलाममा जङ्गली च्याउ खाएर २ जनाको मृत्यु

देश, समाचार, सामाजिक
इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए । Advertisement जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो । वीरमान र उनकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उनीहरु घर फर्किसकेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

देश, समाचार, सामाजिक
२५ जेठ, जाजरकोट । भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो । जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए । गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रमम...
लुम्बिनीको नीति तथा कार्यक्रममा विपक्षीको टिप्पणी : हावा भरिएको आकर्षक बेलुन

लुम्बिनीको नीति तथा कार्यक्रममा विपक्षीको टिप्पणी : हावा भरिएको आकर्षक बेलुन

देश, राजनीति, समाचार
२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई विपक्षी दलहरुले ‘हावा भरिएको आकर्षक बेलुन’ को संज्ञा दिएका छन् । सरकार अल्पमतमा परिसकेको र वैधानिकता गुमाइसकेकाले नीति तथा कार्यक्रम कार्यान्वयन हुने आधार नै नभएको विपक्षीहरुको टिप्पणी छ । माओवादी केन्द्रकी सांसद दामा शर्माले अल्पमतमा पर्दापर्दै कीर्ते र जालसाजी गरेर बनेको सरकारले ल्याएको नीति तथा कार्यक्रम अवैध रहेको टिप्पणी गरिन् । Advertisement उनले नीति तथा कार्यक्रमबारे टिप्पणी गर्नुको अर्थ र औचित्य नभएको बताइन् । ‘गत वैशाख १९ गते कीर्ते र जालसाजी गरेर बनेको सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रस्तुति नै अवैध छ’ सांसद शर्माले भनिन्–‘बहुमत सिद्ध नगरी ल्याइएको अवैध नीति तथा कार्यक्रमको भित्रको विषयवस्तुबारे टिप्पणी गर्न आवश्यक छैन ।’ नेपाली कांग्रेसका प्र...
मोरङमा अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण

मोरङमा अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
२५ जेठ, विराटनगर । मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेको पाइएको छ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको हो । अष्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर बाख्रा ल्याउन जेठ ३ गते संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । सप्लायर्सले जेठ १५ गते बोका ल्याएपछि वितरण गर्दा किसानले विरोध जनाएका थिए । Advertisement बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बाख्रा ल्याउँदा सप्लायर्सको बदमासी देखिएको बताए । ‘आयातकर्ताले भारतको लखनउ हुँदै ल्याएको बताएपछि बाख्रा बाँडियो,’ उनले भने, ‘शनिबार ल्याएका थिए, कागजपत्र पछि ल्याउने भनेपछि बाख्रा वितरण गरियो ।’ सप...
एमालेलाई दियो चीनले स्वास्थ्य सामग्री

एमालेलाई दियो चीनले स्वास्थ्य सामग्री

देश, समाचार, स्वास्थ्य
नेकपा एमालेलाई चिनियाँ कम्युनिस्ट पार्टीले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  सो सामग्री मंगलबार एमाले महासचिव ईश्वर पोखरेलले आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।  Advertisement चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख थान रहेको छ ।  सो सामग्री कोभिड–१९ का विरुद्धको लडाइ“मा थोरै भए पनि मद्दत पुग्ने विश्वास पार्टीले लिएको प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   ...
लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

देश, समाचार, सामाजिक
कैलालीमा लागुऔषधसहित तीन पक्राउ परेका छन् । प्रहरीले दुई युवती र एक युवकलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, २० वर्षीया मैना साउँद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । Advertisement जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।  प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार उनीहरूको साथबाट छ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजुसमेत बरामद गरिएको छ ।  उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...