२०८२ माघ १८

Author: Raunak

कलाकार एकाराम सिंहको कोरोना संक्रमणबाट निधन

कलाकार एकाराम सिंहको कोरोना संक्रमणबाट निधन

देश, समाचार, सामाजिक
२५ जेठ, काठमाडौं । संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको निधन भएको छ । बाल साहित्य एवं‌ चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा सोमबार ज्यान गएको हो । Advertisement उनी कपनस्थित करूणा अस्पतालको आइसियुमा उपचाररत थिए । काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवं‌ राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् । उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् । Credit: OnlineKhabar ...
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देश, समाचार, सामाजिक
२३ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोही ठाउँ बस्ने ४० वर्षीय रामकुमार तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको समाज अस्पताल सतुङ्गल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement यसैगरी धादिङकै गल्छी गाउँपालिका–७ भलटारमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय नवराज घिमिरेको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनक...
बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
२३ जेठ, विराटनगर । क्षमताभन्दा चार गुणा बढी बालक राखिएको विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो । सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार हालसम्म २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई बालकको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । Advertisement जेठ १३ गते संक्रमितको सम्पर्कमा आएका ५० जनाको पीसीआर परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको  हो । तर एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपन त्यसपछि अन्यको भने पीसीआर गरिएको छैन । स्रोतका अनुसार सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको छ । तर प्रशासनले जेठ १३ गते यता पीसीआर परीक्षण नै गराएको छैन । ‘जेठ १३ गते संकल...
के हो पोस्ट कोभिड ? कस्तो बेला अस्पताल जाने ?

के हो पोस्ट कोभिड ? कस्तो बेला अस्पताल जाने ?

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्यांकलाई हेर्ने हो भने जेठ २० गतेबाहेक संक्रमण हुनेभन्दा निको हुने संख्या हरेक दिन बढी छ । शनिबार मात्र ५ हजार ४२ जनामा संक्रमण देखिंदा ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । Advertisement तर लामो समयको उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका कतिपय बिरामीमा पुनः समस्या आएर अस्पताल भर्ना भएका छन् । अक्सिजन कम हुने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, थकान महसुस हुने लगायतका समस्या लिएर बिरामीहरु पुनः अस्पताल आउने गरेको चिकित्सकहरु बताउँछन् । नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाइ लाग्ने, छाती दुख्ने, न...
बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक र तेक्वान्दो प्रशिक्षक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक र तेक्वान्दो प्रशिक्षक पक्राउ

देश, समाचार, सामाजिक
२२ जेठ, मध्यपुरथिमि । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक र तेक्वान्दो प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको हो । Advertisement पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घरमा पढाउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाइ यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई तेक्वान्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाइ तेक्वान्दो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुर्व्यवहार गरेको जाहेरी परेको छ ...
चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार

चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार

देश, समाचार, सामाजिक
२२ जेठ, वीरगञ्ज । मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले ठाकुरलाई उद्धार गरेर वीरगञ्ज ल्याएको छ । उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो काटेर उनको शरीरको सरसफाइ गरिएको थियो । ठाकुरलाई मानव सेवा शाखा वीरगञ्जमै राखेर औषधि उपचार गरिने सामाजिक अभियन्ता एवं आश्रमका संरक्षक प्रकाश थारुले जानकारी दिए । Advertisement ‘चार वर्षभन्दा लामो समयदेखि साङ्लोले बाँधेर राखिएको थियो, कपडा च्यातेर फाल्ने गरेकोले शरीरमा एकसरो कपडा पनि थिएन,’ उनले भने, ‘सरसफाइपछि नयाँ कपडा लगाइदिएर उद्धार गरी वीरगञ्ज आश्रममा ल्याएका छौं । औषधि उपचार गरेर निको नभएसम्...
ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा धनुषामा एकजनाको मृत्यु

ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा धनुषामा एकजनाको मृत्यु

देश, समाचार, सामाजिक
२२ जेठ, काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पर्ताहामा ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ ।  ना ४ त १६८२ नम्बरको ट्याक्टरमा रा ६ प २८३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ घर भएका २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको छ । Advertisement दुर्घटनामा गम्भीर घाइते भएका उनको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ घर भएका २४ वर्षीय जीवन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । Credit: OnlineKhabar ...
उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी : गोकर्ण विष्ट

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी : गोकर्ण विष्ट

देश, राजनीति, समाचार
२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । Advertisement ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ,’ विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’ शुक्रबार नियुक्त भएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै बहुराष्ट्र र ...

प्रधानमन्त्रीले सक्ने जति गर्छु भन्नु भएको छ : ठाकुर

आर्थिक
२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ । जेलमा रहेका साथीहरु पनि छुट्नु हुन्छ ।’ Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिएको उनले बताए । जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिएपनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी गरे । उनले अघि भने, ‘जसपा हाम्रो हो, हाम्रो रहन्छ । समय आएपछि निर्वाचन ...
बाँकेमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।  सङ्क्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए ।  Advertisement उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।  योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ । साभार: रातोपाटी ...