२०८२ माघ १८

Author: Raunak

पृथ्वीसुब्बाले दिए मुख्यमन्त्री पोखरेललाई बधाई

पृथ्वीसुब्बाले दिए मुख्यमन्त्री पोखरेललाई बधाई

देश, राजनीति, समाचार
२९ जेठ, पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् । गुरुङले मुख्यमन्त्री पोखरेललाई फोन गरी आफू र पार्टीको तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिएका छन् । Advertisement विपक्षी गठबन्धनको समर्थन पाएका पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसअघि जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गरी पदमुक्त भएका कृष्ण थापाको समर्थनमा गुरुङले पनि दाबी पेश गरेका थिए । त्यसलाई लिएर विपक्षीहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । एमाले संसदीय दलका नेता गुरुङले भने आफूले दाबी गरेको भए पोखरेलको बहुमत पुग्नै नसक्ने जिकिर गरे । ‘मेरो २७ जना थियो, कृष्णजीको ३१ जना द...
कर्णाली प्रदेशलाई केबुलकारमय बनाउने लक्ष्य

कर्णाली प्रदेशलाई केबुलकारमय बनाउने लक्ष्य

देश, राजनीति, समाचार
कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रबर्द्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरूलाई टेवा पुग्ने गरी सुर्खेत–सिद्धपाइला, कालिकोट कोटवाडा–मान्म, मुगुको रारा–मुर्माटप लगायतका स्थानहरुमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ । Advertisement त्यस्तै, सुरुङ मार्ग, जलमार्ग र रोप–वे लगायतका रणनीतिक महत्वका पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गने नीति तथा कार्यक्रम ल्याएको छ । साभार: रातोपाटी ...
फोन गरेर निवर्तमान मुख्यमन्त्रीले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई

फोन गरेर निवर्तमान मुख्यमन्त्रीले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई

देश, राजनीति, समाचार
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । Advertisement प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी पोखरेललाई बधाई ज्ञापन गरेको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । आजै मुख्यमन्त्रीसहित माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ ग्रहण गर्दै छन् ।  साभार: रातोपाटी ...
सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली १, अछाम १, डडेल्धुरा १, बाजुरा १  रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।  Advertisement त्यस्तै  पछिल्लो २४ घण्टामा १ हजार ३८  मा  एन्टिजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टी भएको छ त्यसमध्ये  १ जनाको मृत्यु भएको छ । २ सय ८२ मा पिसिआर परीक्षण गर्दा १ सय ३ कोरोना पुष्टी भएको छ भने ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५१ पुगेको छ  ।  साभार: रातोपाटी ...
गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

देश, समाचार
नेपाली काँग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।  निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । Advertisement निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको बुझिएको छ । साभार: रातोपाटी ...
कविता : अधुरो प्रेम

कविता : अधुरो प्रेम

साझा पृष्ठ, साहित्य
कविता : अधुरो प्रेम  जिन्दगीका नाम मा सुम्पिएको त्यो तन, मन्, सबै अधुरो पारी गयौं जीवनका सपनाहरु सबै फुटाएर गयौं । म बाँच्ने के का लागि तिमी थियौ मेरा लागि  अहँ, अब भन्दिन म तिम्रा लागि बाँच्छु भनेर अहँ, अब भन्दिन तिमी चाहिन्छ भनेर । म जे छु बाँच्छु आफ्नो संसारका लागि म जे छु , सजाउँछु  आफ्नो मन् का लागि  Advertisement   कोपिला बाट फक्रिएको फूल फुल्ने बन्छु म आफू फुल बाट सप्रेको चल्लो झै सप्रिएको बन्छु म आफु । तिमी खुशी जहाँ छौ त्यही जाउ तिमी सुखी कहाँ हुन्छौं त्यही जाउ मलाई अब आफ्नो दुनिया मा रम्न देऊमलाई अब आफ्नै दुनियाँमा भुल्न देऊ मलाई आफ्नो शरीर रक्ताम्मे बनाउन देऊ मलाई आफ्नो शरीर जलाउन देऊ  तर मेरो बाटो मा छेक्न नआउमलाई मेरो मुटु फुटाउन नआउ । तिमी आफ्नो खुसीको प्रेम को बाटो रोजतिमी आफूलाई सुख मा राख्ने मान्छे खोज  ...
स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

स्वास्थ्य मन्त्रालयद्वारा नर्सिङ निरीक्षक तिमिल्सिनासँग सात दिने स्पष्टीकरण माग

देश, समाचार, सामाजिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी नर्सिङ निरिक्षक दिव्य तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी ५ वर्षदेखि बिना सूचना भएकी अस्पताल उपस्थित नभएकी नर्सिङ निरिक्षक  तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण मागेको हो । Advertisement बिना सूचना २९ भदौ २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यालयमा अनुपस्थित भएकी उनलाई मन्त्रालयले स्पष्टीकरण गरेको छ । तिमिल्सिनालाई नेपाल स्वास्थ्य सेवा ऐन, २०७३ को दफा ७४ ९१० (ज) को कसुरमा सोही ऐनको दफा ७२ (ख) (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेतर्फ सजाय गर्नुपर्ने देखिएकोले तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) (ज) को कसुरमा किन विभागीय कारवाही नगर्ने ? भन्दै मन्त्रालयले ७ दिनभि...
मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

देश, राजनीति, समाचार
मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ ।  Advertisement माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो।   माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए ।  उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए ।   आजै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन । माओवादीसँग कुरा नमिल्दा काँग्रेसतर्फका मन्त्रीहरुको शपथमा पनि ढिलाइ भएको छ । साभार: र...
कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

देश, समाचार, सामाजिक, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए  । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त भएको उनले सुनाए । यस्तै सुदूर पश्चिम प्रदेशमा ६१० जनाको परीक्षण गर्दा २२९ जनाको संक्रमण पुष्टि भएको उनले बताए । यहाँ ३७.५ प्रतिशतमा संक्रमण देखिएको जनाइएको छ । Advertisement गत २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार २१ जनाको कोरोना परीक्षण गर्दा ३०२ जनामा संक्रमण भएक...
कर्णाली प्रदेशसभा : बुधबारको बैठक पनि एमालेद्वारा अबरुद्ध

कर्णाली प्रदेशसभा : बुधबारको बैठक पनि एमालेद्वारा अबरुद्ध

देश, राजनीति, समाचार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको तेस्रो बैठक पनि प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्घ गरेको छ ।  फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने अडान एमालेले लिएको छ । Advertisement मंगलबार बैठक नै नबसेर सुचना टाँस गरी स्थगित गरिएको थियो । आजपनि एमाले  संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आक्रोश पोखे । प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो। पहिलो बैठकमा प्रारम्भमै एमाले कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए। सोही अनुसार आज पनि प्रतिपक्षले सदन चल्न नदिएपछि स...