२०८३ बैशाख २१

Author: Raunak

मुगु पठाउने अनुदानको चामल को काला बजारी

मुगु पठाउने अनुदानको चामल को काला बजारी

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
१८ कात्तिक, सुर्खेत । कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल भक्तपुर लैजाने ढुवानीकर्ता पक्राउ परेका छन् । चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुका लागि भनेर गत साता चामल उठाएका थिए । तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाएपछि प्रहरीले वीरेन्द्रनगरको सुब्बाकुना नाकाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित चामल नियन्त्रणमा लिएको थियो । वीरेन्द्रगरको दुर्गाभगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाइ कर्णालीका लागि अनुदानमा आएको २५० क्विन्टल चामल पठाएको थियो । दुर्गाभगवती सप्लायर्स शर्मा स्वामित्वको र्फम हो । प्रहरीले चामल नियन्त्रणमा लिएलगतै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गए...
कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाल हटाइए : लुम्बिनी

कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाल हटाइए : लुम्बिनी

देश, राजनीति, समाचार
१८ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै बाँकेका सुरेन्द्र हमाललाई हटाएर रुपन्देही ५ (२) बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् । खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको नेता कनौडियाले जानकारी दिए । Advertisement पार्टी संसदीय दलको निर्देशन विपरीत गतिविधि गरेकाले हमाललाई हटाएर खानलाई नियुक्त गरिएको कांग्रेस स्रोतले जनाएको छ । प्रमुख सचेतकमा नियुक्त ४० वर्षका खान प्रदेशसभाका कांग्रेस सांसदमध्ये अध्...
सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो

सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । Advertisement महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ । साभार: रातोपाटी ...
रोल्पा रुन्टीगढी–२ : २५ सयको बिलमा विवाद हुँदा  ११ देखि १७ वर्षका किशोरहरूले लिए ६३ वर्षीय होटल सञ्चालकको ज्यान

रोल्पा रुन्टीगढी–२ : २५ सयको बिलमा विवाद हुँदा ११ देखि १७ वर्षका किशोरहरूले लिए ६३ वर्षीय होटल सञ्चालकको ज्यान

देश, समाचार, सामाजिक
११ देखि १७ वर्षका किशोरहरूले मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेका छन् । जिल्ला रोल्पा रुन्टीगढी–२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको २५ सयको बिलको बिषयमा विवाद हुँदा किशोरहरूले होटल सञ्चालकको हत्या गरि फरार भएका थिए । हत्या भएको १२ घण्टापछि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट परिचालित प्रहरी टोलीले  हत्या अभियोगमा चार जना किशोरलाई पक्राउ गरेको छ ।  पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै  १२ घण्टापछि स्थानीयहरूको सहयोगमा ती किशोरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए । पक्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर ख...
सांसद सूर्यबहादुर केसीको निधन

सांसद सूर्यबहादुर केसीको निधन

देश, समाचार, सामाजिक
पोखरा — प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति पोखरामा निधन भएको छ । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी प्रतिष्ठित उद्योगी समेत हुन् । दक्षिण एसियामा चाउचाउ उत्पादन सुरु गरेको श्रेय उनैलाई जान्छ । हिमश्री फुड्स प्रालि स्थापना गरेर उनले दक्षिण एसियामै पहिलोपल्ट पोखरामा ‘रारा’ चाउचाउ उत्पादन सुरु गरेका थिए । निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठूलो लगानी गरेका थिए । Advertisement राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । उनी पोखराको पूर्वप्रधानपञ्च पनि हुन् । पहिलो संविधानसभाको निर्वाचनमा उनी राप...
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको निधन

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको गएराति निधन भएको छ । नगरप्रमुख अशोककुमार मण्डलका अनुसार वडा नं. ७ का वडा सदस्य मोहम्मद हासिम अंसारीको निधन भएको हो । Advertisement १५/२० दिन अगाडि अचानक श्वासप्रश्वासमा गडबडी भई दम बढेर  सिकिस्त बिरामी भएर भारत बिहारको सीतामढीमा उपचार गराउन गएका वडा सदस्य अंसारीको गएराति निधन भएको हो । वडासदस्य अन्सारीको निधनले नगरपालिकालाई ठूलो क्षति भएको तथा सम्पूर्ण नगरपालिका स्तब्ध भएको मेयर मण्डलले आज जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ । तत्कालिन माओवादी केन्द्रबाट उनी निर्वाचित भएका हुन् ।  साभार: रातोपाटी ...
काजी कालु पाँडेको समाधिस्थल सर-सफाईमा जुटेका छन् नेपाली सेना

काजी कालु पाँडेको समाधिस्थल सर-सफाईमा जुटेका छन् नेपाली सेना

देश, समाचार, सामाजिक
काठमाडौं । चन्द्रागिरि १ दहचोकमा रहेको कालु पाँडे समाधिस्थल क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको छ । सय गन्तव्य भित्रको चन्द्रागिरि १ दहचोक स्थित काजी कालु पाँडे समाधिस्थल क्षेत्रमा युग्द्ध कवाच गणले सो क्षेत्रमा सफाइ गरेको हो । Advertisement गणपति देवेन्द्र खड्काको समन्वयमा वडाध्यक्ष राजेन्द्र के.सी.सहित स्थानीयको उपस्थितिमा समाधी, गडी र ईन्द्रदह परिसरमा सरसफाइ गरिएको चन्द्रागिरि १ का वडाअध्यक्ष राजेन्द्र केसीले बताए । रक्षा मन्त्रालयले उक्त समाधि संरक्षणका लागि २० लाख रकम समेत विनियोजन गरेको छ ।  सरसफाइ कार्यक्रममा ५० जना नेपाली सेना परिचालित थिए । साभार: रातोपाटी ...
सडक दुर्घटनामा थप एकसहित दुईको मृत्यु : सप्तरी

सडक दुर्घटनामा थप एकसहित दुईको मृत्यु : सप्तरी

देश, समाचार, सामाजिक, स्वास्थ्य
सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित बेरवामा कार र सिटीरिक्सा एकाआपसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ का ७० वर्षीय बेचनलाल माझी रहेको इलाका प्रहरी कार्यालयका कंचनपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।  ठक्करबाट गम्भीर घाइते भएका माझीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२१च ६३९ नंको कार र विपरीत दिशाबाट आउँदै गरेको सिटीरिक्सा एकापसमा ठोकिएको थियो । Advertisement यसअघि हिजोमात्रै सोही दुर्घटनामा परी हनुमाननगर कङ्कालनी नगरपालिका– १ भारदहका ७० वर्षीय बद्री मुखियाको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मुिखयाको भारदहस्थित अस्पत...
आफ्नो बेइज्जत भएको भन्दै काठमाडौ‌ं महानगरद्वारा रोक्यो नि:शुल्क खाना अभियान

आफ्नो बेइज्जत भएको भन्दै काठमाडौ‌ं महानगरद्वारा रोक्यो नि:शुल्क खाना अभियान

देश, राजनीति, समाचार, सामाजिक
१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो । केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए । तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो । महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए । सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ । महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना व...
उजुरीकर्ता सम्पर्कमा आएनन् , प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्माको सुनवाइ २७ गते हुने

उजुरीकर्ता सम्पर्कमा आएनन् , प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्माको सुनवाइ २७ गते हुने

देश, राजनीति, समाचार
१७ कात्तिक, काठमाडौं । डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ । गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए । Advertisement उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेक...